इतिहास, देश, पर्यटन, प्रदेश, प्रबास, भ्रष्टाचार, रोजगार, विश्व

यूएईमा सम्पन्न नेपाल फेस्टिबल-२०२५ को आयव्यय प्रतिवेदन सार्वजनिक

कबिराज राजबंशी
२०८२ साउन २० | बिहान १२:०४ बजे

प्रवास दुवई

यूएई । दुवई सहरको क्रिक पार्कमा गत २० अप्रील २०२५ मा सम्पन्न नेपाली कला, संस्कृति, र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल फेस्टिबल-२०२५ को आयव्यय प्रतिवेदन सार्वजनिक भएको छ।

गैर आवासिय नेपाली संघ NRNA NCC UAE ले ०३ अगस्त २०२५ को दिन भर्चुअल जुम माध्यम मार्फत आयोजना गरेको प्रेस मिटमा आर्थिक प्रतिवेदन अनुसार १,५२४६९/– दिराम नाफा भएको जानकारी दिनुभयो। चार्टर्ड एकाउन्टेन्ट थानेश्वर सापकोटाले प्रस्तुत गर्नु भएको आयव्यय विवरणमा आम्दानी तर्फ करिव १ करोड २३ लाख नेपाली रुपैयॅा (३ लाख २८ हजार दिराम ) र खर्च तर्फ करिव १ करोड २१ लाख ५० हजार रुपैयॅा (३ लाख २४ हजार दिराम) भएको जानकारी दिनुभयो ।

Screenshot 20250803 191000 us zoom videomeetings ZmConfActivity edit 135784964502524

NRNA UAE का अध्यक्ष विकाश शाहीले पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिएका थिए ।

 कार्यक्रममा अबुधावी दूतावासका प्रतिनिधि तथा प्रेस मिट कार्यक्रमको प्रमुख अतिथिका रूपमा तृतिय सचिव बिकास भट्टराई ज्यू, रहनु भएको थियो। नेपाली समाजका अध्यक्ष राम मोक्तान, बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, पत्रकार महासॅघका अध्यक्ष मेघराज सापकोटा, समाजसेवी, बुद्धिजीबी, पत्रकार लगायत अन्य क्रियाशील संघ संस्थाहरुको प्रमूख ज्यूहरू गरी लगभग ६० जानाको सहभागीता रहेको थियो।

FB IMG 1754333409600

उक्त भर्चुअल जुम मिट NRNA NCC प्रवक्ता रुद्र थापाले सञ्चालन गरेका थिए, भने सुरुमा कर्यक्रम फ्लोर ओपन बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेनद्र वहादुर थापा ज्युले गर्नु भनेको थियो । प्रमुख अतिथि बिकास भट्टराई ज्यू, नेपाली समाजका अध्यक्ष राम मोक्तान ज्यू, लगायतले आफ्नो भनाइ राखेका थिए ।

 प्रेस मिटमा नेपाल फेस्टिवल-२०२५ को आयोजक समिति, नेपाली राजदूतावास अबुधाबीको संरक्षकत्व, नेपाली समाज युएई, नेपाल बिजनेस काउन्सिल युएई, नेपाल आदिवासी जनजाति महासंघ युएई, नेपाल पत्रकार महासंघ शाखा युएई साथै उक्त कार्यक्रममा सहकार्यगरी सफल पार्न सह्योग गरेका विभिन्न संघ संस्थाहरू, प्रायोजकहरु तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरिएको गरीयो।

Screenshot 20250804 224222 com hihonor photos SlotAlbumActivity edit 135752280567328

६० हजार भन्दा बढीको सहभागीता रहेको उक्त फेस्टिवलमा जुन किसिमको दृश्य फेस्टिभलको अन्तिम चरणमा नेपाली दर्सक बाट भएको थियो त्यो एकदमै निन्दनीय र अनुशासनहिन भएको सो कुरालाई सम्पुर्ण नेपालीको तर्फ बाट मुल आयोजक समितिले आपत्ती जाहेर गरे।

 

 

 

कमेन्टहरु