खेलकुद

राष्ट्रिय युवा संघ कप : खैरहनीलाई हराउँदै माडी सेमिफाइनलमा प्रवेश

नवलपुर टुडे
२०८२ साउन १९ | मध्यान्ह ०८:०४ बजे

भरतपुर । राष्ट्रिय युवा संघ माडी नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा खैरहनी नगर कमिटीलाई हराउँदै माडीले सेमिफाइनलमा स्थान बनाएको हो ।

कृष्णपुरको मैदानमा भएको खेलमा माडी १-० ले विजयी भयो । माडीको जितमा अनिल गुरुङले एक मात्र गोल गरे । अनिलले खेलको १४ औं मिनेटमा गरेको गोल नै माडीलाई जिताउन पर्याप्त भयो । उनले पदम नेपालीको एसिस्टमा गोल गरे । माडीका कप्तान सुधिर पाश्वान प्लेयर अफ दि म्याच भए ।

यस सँँगै पहिलो चरणको खेल सकिएको छ । प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइनलमा भोलि कालिका नगर कमिटी र राप्ती भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।

कमेन्टहरु