तिलोत्तमा ३१ औं विश्व आदिबासी दिवस मनाईने

तिलोत्तमा, साउन १८। ३१ औं बिश्व आदिबासी दिवस यही साउन २४ गते वृहत र्याली तथा कोण सभाको आयोजना गरी मनाइने भएको छ । विहान १०ः ०० वजेबाट मणिग्राम चोकदेखि सुरु भएर र्याली तथा साँस्कृतिक झाँकी शंकरपुर चोकमा पुगेर वृहत कोण सभामा परिणत हुने नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद् रुपन्देहीका अध्यक्ष गंगा कुमारी छन्त्यालले जानकारी दिनु भयो ।

कार्यक्रममा सहभागी भइ आफ्नो पहिचान र हकका लागी आदिवासी जनजाति कहाँनिर कसरी चुके र चुक्दैछन् र अब पनि ढिलो भयो भने हाम्रा आउने सन्ततिको भविष्य ओझेलमा पर्न सक्छ है, भन्ने सन्देशमुलक विशेष वृहत कार्यक्रममा सहभागीताका लागी महासंघले कार्यक्रम आयोजना गर्न लागेकाले सबै उपस्थिती अनिवार्य रहेको महासंघ नगर समन्वय परिषद् तिलोत्तमाका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर कनौजे मगरले जानकारी दिनु भयो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जगेश्वरदेबी चौधरीको विशिष्ट आतिथ्यतासहित वृहत कोण सभा तथा भब्य रुपमा कार्यक्रम हुने सचिब धन बहादुर चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकामा रहेका ६ वटै एकल जातिय संघसंगठन तथा तिलोत्तमा नगरवासीहरुलाई आ आफ्नो भेषभुष, पोशाक, पहिरन तथा संस्कृति झल्किने पहिचानसहितमा उपस्थित हुन अनुरोध गरेको छ ।























