समाचार, समाज

पश्चिम नवलपरासीमा ३५० भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण

नवलपुर टुडे
२०८२ साउन १९ | मध्यान्ह ०१:०४ बजे

नवलपरासी । पश्चिम नवलपरासीमा ३५० जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासीले ६ महिनाको अवधिमा ३५० घरधुरीलाई लाल पुर्जा वितरण गरेका हुन ।

नवलपरासीको सुनवल र बर्दघाट नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई पुर्जा वितरण गरेको हो।

लाल पुर्जा पाउनेमा सुनवल नगरपालिका- १, ४, ५ र १० का २१५ जना अव्यवस्थित बसोबासी छन्, भने बर्दघाट नगरपालिका- ५ का १३५ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले पुर्जा पाएका छन । जिल्लामा २७ हजार २ सय जनाले जग्गाधनी पुर्जाका लागि निवेदन दिएका छन्।

कमेन्टहरु