समाचार, समाज

कपिलवस्तुको कृष्णनगरमा मानव बेचबिखन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया

धर्मेन्द्र कुमार कुर्मी
२०८२ साउन १८ | मध्यान्ह ०७:०४ बजे

कृष्णनगर । शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको आयोजना र ईलाका प्रहरी कार्यालय, कृष्णनगरको समन्वयमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उदार संयोजक भूमिराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका- २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ता रहनु भएको थियो । विशिष्ट अतिथिका रूपमा ईलाका प्रहरी कार्यालय, कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक इश्वर लौडारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख थुमा ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रतिनिधि, होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरे, यातायात व्यवसायी संघका प्रतिनिधिहरू तथा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2025 08 03 at 19.40.55

अन्तरक्रिया कार्यक्रममा मानव बेचबिखन रोकथाम, न्यूनीकरणका उपायहरू, सरोकारवालाबीच समन्वय र जनचेतनामूलक कार्यक्रम सञ्चालनका विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले मानव बेचबिखन जस्तो गम्भीर अपराध नियन्त्रणका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमले स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र सरोकारवाला संघसंस्थाबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ

कमेन्टहरु