दुर्घटना

रुपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

नवलपुर टुडे
२०८२ साउन १८ | मध्यान्ह ०२:०४ बजे

बुटवल । रुपन्देहीको सियारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा बुवा ६० वर्षीय राममिलन धवलको ज्यान गुमेको हो भने उनका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन्। राममिलनको उपचारका क्रममा ज्यान गुमेको हो।

सियारी गाउँपालिका वडा नं. ७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परेको हो। मोटरसाइकल छोरा विनोद धवलले चलाएका थिए भने बुवा राममिलन पछाडि बसेका थिए।

मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। विनोदको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ।

कमेन्टहरु