कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
प्रथम राष्ट्रिय कोदो दिवस -२०८२ कार्यक्रम हिमालीमा सम्पन्न


बाजुरा , साउन १६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका पहिलो पटक ‘राष्ट्रिय कोदो दिवस’ साउन १६ गते भव्य रूपमा सम्पन्न भएको छ । हिमाली गाउँपालिका –६, धिम गाउँमा सम्पन्न राष्ट्रिय कोदो दिवस मनाइएको हो।
“कोदोजन्य परिकारको आहार खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नारासहित मनाइएको दिवसमा हिमाली गाउँपालिका आयोजना र रेरास परियोजना सहयोगमा कार्यक्रम गरिएको छ ।
सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न र उत्पादन बढाउन पहिलोपटक साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोको महत्व सबैलाई बुझाएर कृषि उत्पादनलाई थप व्यवस्थित गर्न र कृषि ऐन बनाएर अगाडि बढ्न आवश्यक रहेको कृषि विज्ञ लोकेश कुमार शाहीले बताउनुभयो । स्वास्थ्यसँग सम्बन्धित भएको र यसको महत्व धेरै रहेकाले उत्पादन गर्ने कृषकलाई पनि यसको महत्वका बारेमा बुझाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
“उत्पादन गरेको कोदोलाई खपत गर्न थालेनौँ भने पनि यसको उत्पादनमा ध्यान नदिइने भएकाले त्यसको खपतका लागि स्थानीय सरकारले अभियान थालनी गर्नुपर्ने हुन्छ”, “यसको प्रचारप्रसारका लागि सबैजना लाग्यौँ भने सम्भव छ ।”
सो क्रममा उहाँले कृषिमा परनिर्भर मात्रै भएर बस्ने नभई यसलाई व्यावसायिकरुपमा अगाडि बढाउन सके निर्यातसमेत गर्न सकिने सम्भावना रहेकाले युवाहरुलाई कोदो उत्पादनमा जोड दिन प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले आग्रह गर्नुभयो ।
कृषिमा आधारित गाउँपालिका भएकाले कृषिलाई प्राथमिकता दिँदै व्यवहारमा पनि लागू गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । सबै जसो ठाउँमा फल्ने बाली कोदो भएको र यो बहुउपयोगी पनि भएकाले कोदोलाई लोप हुन नदिन सबैको हातेमालो आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
कोदोको विविध परिकार बनाएर उपयोगिताको माध्यम बनाउन सके बालबालिकादेखि सबैको उपयोगी खाद्य वस्तुका रुपमा विकास गर्न सकिने बताउनुभयो । विद्यालयका खाजा कार्यक्रममा कोदोजन्य रैथाने बालीको परिकारलाई बजारीकरण गर्न स्थानीय सरकार लाग्न आवश्यक रहेको हिमाली गाउँपालिका -६ का कार्यवाहक वडा अध्यक्ष बिष्णु राज पाण्डेले बताउनुभयो । हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा सहित कर्मचारी जनप्रतिनिधिहरुको खेतबारीमा सहभागी भएर कोदो रोपेर सो दिवस मनाएका थिए ।























