दुर्घटना

नवलपरासी बस दुर्घटनामा एक जनाको मृत्यु, १४ जना घाइते

नवलपुर टुडे
२०८२ साउन १६ | मध्यान्ह ०३:०४ बजे

नवलपरासी । पश्चिम नवलपरासी बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आज ११:५५ बजे बर्दघाट नगरपालिका- ५ शान्तिनगर चोकस्थित पुर्व-पश्चिम राजमार्गमा बुटवलबाट नारायणगढ तर्फ जादै गरेको लु २ ख ६५७ नम्बरको बसले सोही दिशातर्फ जादै गरेको अटोलाई बचाउने क्रममा अनियन्त्रित भई अर्को लेनमा पल्टिन जादा बस दुर्घटना परेको हो ।

दुर्घटनामा तत्काल इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी (ब.सु.प.) बाट प्र.नि. दिपेन्द्र बाँनियाको कमाण्डमा ट्राफिकसहित प्रहरी टोली खटिगई स्थानीयहरुको सहयोगमा घाईतेहरुको उद्धार गरी उपचारको लागी चिसापानी अस्पताल बर्दघाटमा पठाईए हो ।

घाईते मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने ३ जनाको अवस्था गम्भिर रहेको छ । अन्यको अवस्था मध्यम रहेको कार्यालयका सुचना अधिकारी वीर दत्त पन्तले नवलपुर टुडेलाई जानकारी दिएको छ। बस चालक जिल्ला नवलपरासी पुर्वी मध्यबिन्दु नगरओऐका- ८ चोरमारा बस्ने बर्ष ४४ को एक बहादुर थारु इलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेको छ ।

घाईते मध्ये १३ जनालाई थप उपचारको लागी बुटवल रुपन्देही रिफर गरिएको छ । १ जना घाईतेको सोही अस्पतालमा उपचार भईरहेको छ ।

घाईते तथा मृतकको विवरण:
मृतक:- हाल नाम थर वतन नखुलेको बर्ष अं. ४०/४५ को पुरुष,
घाईतेहरु:-
चिसापानी अस्पताल बर्दघाटमा उपचार भईरहेको जिल्ला काठमाण्डौ का.म.न.पा. १४ कलंकी बस्ने बर्ष ३१ को आदर्श अधिकारीको दाहिने हातमा चोट अवस्था सामान्य ।
थप उचारको लागी बुटवल रुपन्देही तर्फ रिफर:  
१) जिल्ला चितवन खैरहनी न.पा. १० बस्ने बर्ष ३५ की निर्मला देवी महत्तो
२) जिल्ला पर्सा बिरगंज उ.म. न.पा. ३१ बस्ने बर्ष २५ को सलहुदिन
३) जिल्ला बारा सिमरा गा.पा. २ नवलपुर बस्ने बर्ष ५० को सत्यनारयण
४) जिल्ला पर्सा बिरगंज राजु सुनार
5. जिल्ला चितवन बघौडा ३ बस्ने बर्ष ४५ की शान्ती महत्तो
५) जिल्ला चितवन बघौडा बस्ने बर्ष १० कि स्मारिका महत्तो
६) हाल वतन नखुलेको बर्ष ४० शिव श्रेष्ठ ।
७) जिल्ला रुपन्देही सिद्धार्थनगर न.पा. ९ बस्ने बिकल्प न्यौपाने
८) जिल्ला कपिलबस्तु सुद्धोधन गा.पा. ३ बस्ने दिपेन्द्र कुमार यादव
९) जिल्ला नवलपरासी सरावल गा.पा. १ कार्किटोल बस्ने बर्ष ३० को सन्तोष क्षेत्री
१०) जिल्ला नवलपरासी पुर्व बिनयीत्रिबेणी गा.पा. ५ बस्ने बर्ष २४ कि युमाया बाह्रघरे
११) जिल्ला नवलपरासी पुर्व बिनयीत्रिबेणी गा.पा. ५ बस्ने १२) महिनाको महेश बाह्रघरे

कमेन्टहरु