इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

कविताको शिर्षक  अन्तर्राष्ट्रिय मित्रता दिवसको सन्दर्भ

याम बहादुर थापा मगर
२०८२ साउन १६ | मध्यान्ह ०२:०४ बजे
याम बहादुर थापा मगर बागलुङ नगरपालिका वडा नंं १० ,भकुण्डे, धौलेचउर,बागलुङ

याम बहादुर थापा मगर

बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

 

कविताको शिर्षक

 अन्तर्राष्ट्रिय मित्रता दिवस

मेरो एउटा साथी छ ।
न त केवल गीतको धुनमा,
न त केवल सम्झनाको कुनामा
जीवनका आरोह-अवरोहमा
साथ दिने, सम्हाल्ने, हाँस्ने, रुन सक्ने एक मान्छे।
“गाँस छाड्नू तर साथ नछाड्नू” भन्ने
नेपाली उखान जस्तै अटल
र “एक मान्छेको मायाले जिन्दगी कति फरक पर्छ” भन्ने गीत जस्तै
गहिरो अनुभूति बोकेको सम्बन्ध हो मित्रता।

विश्वका कुनाकाप्चामा
आज एक अर्कालाई कार्ड, फूल, सन्देश र आलिङ्गनले
मित्रता दिवस मनाइँदैछ।
यो केवल सन्देश दिने दिन होइन ।
यो विश्वास गाढा बनाउने दिन हो।
यो मनका दरारहरू मेट्ने,
दूरी घटाउने,
र फाटेका सम्बन्धहरू सिलाउने दिन हो।

मदर टेरेसाले भनेकी थिइन् ।
“मित्रता भन्नु भनेको कुनै शर्तसहितको सम्झौता होइन,
यो त निःस्वार्थ प्रेम हो,
जहाँ न जात छ, न धर्म, न सीमा, न स्वार्थ ।”

नेपालमा पनि
भोटे साथीसँग माघे संक्रान्ति बाँडिन्छ,
थारू मित्रसँग माघी,
मुस्लिम साथीको इदको खुसियाली
र इसाई मित्रको क्रिसमसको उज्यालो
साँस्कृतिक विविधताभित्र मित्रताको धागो
सयपत्री माला जस्तै फुल्छ।

राजनीतिक विभाजन,
सामाजिक ध्रुवीकरण,
घृणा र पूर्वाग्रहले भरिएको समाजमा
साँचो मित्रता बन्छ एक बलियो स्तम्भ।
कहिलेकाहीँ विचार फरक पर्छ,
तर साँचो मित्रता विचार होइन,
मूल्यमा अडिएको हुन्छ ।
विश्वास, सहिष्णुता र करुणामा।

मित्रता दिवस
फेसबुकको स्टाटसमा सीमित नहोस्,
यो बनोस् कार्यमा,  व्यवहारमा,
र सम्बन्धमा जिउँदो प्रमाण।
किनकि
साँचो मित्रता सधैँ आवश्यकता हो ।
सामाजिक, मानवीय र भावनात्मक।

मेरो एउटा साथी छ ।
उ उसै हो, जसले मलाई बुझ्छ
मेरो मौनतालाई शब्द दिन्छ ।
र सधैँ भन्ने गर्छ ।
“साथी, म छु है !”

कमेन्टहरु