‘स्वच्छ र सफा गाउँ’ अभियान, सिसवामा समिति गठन


कपिलवस्तु । विजयनगर गाउँपालिका- ५ मा आज सरसफाइ तथा स्वच्छता खानेपानी किट प्रयोजनाको लागि समिति चयन गरिएको छ। यस परियोजनाका कोर्डिनेटर असगर हुसेन, वास प्रयोजनका कोर्डिनेटर अर्जुन बेलबासे सिसवा गाउँका भालभद्र समाजसेवी बासिन्दाहरू बाट छलफल गरी सरसफाई कार्यक्रम कसरी अगाडि बढाउने भनी एउटा समिति चयन गर्नुभएको छ। समितीमा २१ सदस्य चयन गरिएको छ।
यस आयोजना विजयनगर गाउँपालिका- ५ वडाध्यक्ष अनवर खानको पहलमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ। भने प्राविधिक तथा सामग्री सहयोग किडस संस्थाले प्रदान गर्नेछ। कार्यक्रमको उद्देश्य गाउँको सार्वजनिक स्थान, सडक, नाला र वरपरको वातावरणलाई स्वच्छ राख्नु र स्थानीयबासीमा सरसफाइको महत्वबारे जनचेतना फैलाउनु रहेको थियो।
कार्यक्रममा स्थानीय बासिन्दा, महिला समूह, युवा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले गाउँका बाटो, खोल्साखोल्सी र सार्वजनिक स्थलहरू सफा गर्नेछन्। छलफल गरिएको छ। विजयनगर गाउँपालिका- ५ का वडा अध्यक्ष अनवर खानले सरसफाइ कार्यक्रम निरन्तर गर्न प्रतिबद्धता जनाउँदै भने, “स्वच्छ वातावरण हाम्रो स्वास्थ्य र समृद्धिको आधार हो। यस अभियानलाई निरन्तरता दिन सबैको साथ र सहभागिता आवश्यक छ।”
स्थानीय बासिन्दाहरूले पनि यस्तो अभियानले गाउँलाई सफा र सुन्दर बनाउने विश्वास व्यक्त गरेका छन्। यसैगरी
सिसवामा हरिराम कहाँरकाे संयाेजकत्वमा २१ सदस्य समुदाय स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । जसकाे सह-संयाेजकमा सरस्वती कुर्मी र सचिवमा चन्द्रिका यादव चयन भएका छन् । यसै गरी दिपेन्द्र कपुर काेरीकाे संयाेजकत्वमा ५ सदस्य सल्लाहकार समिति र मानी पासीकाे संयाेजकत्वमा ३ सदस्य अनुगमन समिति गठन गरिएको छ ।























