धर्म–संस्कृति/रीतिथिति, पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
पत्रकार महासंघ बाजुराले बडीमालिकाको प्रबर्द्धन तथा प्रचार गर्ने विशेष अभियान


बाजुरा , साउन १४ । जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको यात्रा विेशष प्रचार अभियान थालिएको छ ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बडीमालिकाको धार्मिक यात्राको प्रवद्र्धन तथा प्रचार गर्ने गरी विशेष अभियान सुरु गरेको शाखाका अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् ।
बडीमालिका धार्मीक यात्रा साउन २१ बाट सुरु हुनेछ । भने धार्मीक मेला साउन २३ गते लाग्नेछ । बडीमालिका सहित बुढीनन्दा, सुनन्दा बडालेक, दुनालेख, डडुल्ली सहितका धार्मिक शक्तिपीठ केन्द्रीत प्रचार अभियान थालनी गरिएको महासंघले बताएको छ ।
जनैपूर्णिमा बिशेष बाजुराका दर्जन बढी धार्मीक शक्तिपीठमा मेला लाग्ने गर्दछ । बिशेष गरि सामाजिक सञ्जाल मार्फत बडीमालिका र बुढीनन्दा धार्मीक तथा पर्यटकीय क्षेत्रको प्रर्वद्धन केन्द्रीत प्रचार अभियान थालनी गरिएको महासंघले जनाएको छ ।
सिंगो देशकै सम्पत्ती र धर्तीको भू–स्वर्गको रुपमा रहेको बडीमालिकाको महिमा र विशेषता बारे प्रचार गर्ने र तीर्थ यात्रामा आएका र नआएका सबैलाई मेला बारे जानकारी गराउने गरि प्रचार अभियान थालनी गरिएको छ ।
अभियान अन्र्तगत भिडियो, फोटो सहितको सामाग्री सामाजिक सञ्जालमा राख्ने, प्रचार व्यानर बनाउने, बडीमालिका क्षेत्रको धार्मिक र पर्यटकीय महिमा बारे जानकारी दिने गतिविधी गरिने महासंघका सचिव प्रेमबहादुर रौलेले जानकारी दिएका छन् ।
अभियान बिशेष गरि सामाजिक सञ्जाल केन्द्रीत हुने बताइएको छ । सुदुरमा लुकेको स्वर्गकै रुपमा रहेको बडीमालिकाको महिमालाई सामाजिक सञ्जाल मार्फत गरिने प्रचार अभियानले विश्व बजारमा प्रवद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास पत्रकार महासंघले गरेको छ ।























