समाचार, समाज

१४ वर्षदेखि बालगृहमा बस्दै आएकी स्वस्तिकाले पाइन् अभिभावक र नागरिकता

नवलपुर टुडे
२०८२ साउन १४ | बिहान ०९:०४ बजे

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल–७ स्थित बालगृहमा १४ वर्षदेखि बस्दै आएकी स्वस्तिका केसीले आफ्ना बुबा विष्णुराज केसीमार्फत नागरिकता पाएकी छन्।

बेवारिसे अवस्थामा भेटिएकी उनलाई सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१० बाट वंशजको आधारमा नागरिकता प्रदान गरिएको हो। वडाध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको हो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा र सहायक प्रमुख गणेश नेपालीले मंगलबार नागरिकता हस्तान्तरण गरे। स्वस्तिकाको नागरिकताका लागि अर्जुन भुषाल, शर्मिला श्रेष्ठ, सुवास माकजु लगायतले पहल गरेका थिए।

IMG 4863
समाजसेवी तथा पत्रकार अर्जुन भुसालसँग उनी ।

कमेन्टहरु