देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बिश्व, मनोरन्जन, विश्व

दुवईमा पाल्पाली समाज युएई द्वारा तीज बिसेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कबिराज राजबंशी
२०८२ साउन १४ | बिहान ०१:०४ बजे

IMG 20250727 154342 scaled

 

कविराज राजवंशी

प्रवास दुवई यूएई/ २७ जुलाई २०२५ आईतबार पाल्पाली समाज युएईले दुवईको वर दुवई सहरको SK7 रेस्टुरेन्टमा तीज बिशेस कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेकोछ। दुबईका नेपाल उपमहावाणिज्य दूत श्री कृष्ण प्रसाद चापागाई ज्युको प्रमुख अतिथि र पाल्पाली समाज युएईका महा सचिव खुम प्रसाद न्यौपाने ज्यूको उदघोषणमा तीज कार्यक्रम सम्पन्न भएको थियो।

IMG 20250727 161242 1

कार्यक्रम भब्य र सव्य रूपमा सम्पन्न गर्नका निम्ति यूएईमा क्रियाशिल संघ संस्था तथा नेपाली व्यवसायीहरुले आर्थिक स्पोन्सर तथा सह्योग गरेका थिए र उक्त दाताहरुको नामावली पाल्पाली समाज युएई प्रमुख संरक्षक वेद प्रसाद अर्याल ज्युले दाताहरुलाई धन्यबाद दिँदै नामावलि सबैको माझ साझा गरनु भएको थियो।

IMG 20250727 161153 scaled

कार्यक्रमको सभापतित्व पाल्पाली समाज युएई अध्यक्ष कैलाश अर्याल ज्युले गर्नु भएको थियो । भने, बिशिस्ट अतिथि नेपाल राजदुतावास आबुधाबी उपनियोग प्रमुख रञ्जिता दहाल ज्यू त्यसैगरि विशेष अतिथिहरूमा नेपाल देखी आमन्त्रित राष्ट्रिय कलाकार नवीन पौडेल ज्यू र शुशिला गौतम ज्यू का साथै एनआरएन एनसीसी यूएई अध्यक्ष विकास शाही ज्यू, नेपाल जनप्रगतीशील मञ्च यूएई अध्यक्ष लक्षण खनाल ज्यू, नेपाल जनप्रगतीशील मञ्च दुवई राज्य समिति अध्यक्ष मणिराम गैरे ज्यू, नेपाली समाज युएईको अध्यक्ष राम मोक्तान ज्यू, कञ्चनजंगा रेस्टुरेन्ट सञ्चालक रमेश न्यौपाने ज्यू, नमस्ते ट्राभल संचालक एकेन्द्रा वहादुर थापा ज्यू, गुल्मी सेवा समाज संरक्षक प्रमुख कृष्ण गौतम ज्यू, कपिलवस्तु समाज सेवा परिषद् अध्यक्ष कृष्ण न्यौपाने ज्यू र नवलपुर टुडे पत्रकार कविराज राजवंशी लगायत अन्य क्रियाशील संघ संस्था प्रमूख ज्यू हरुको उपस्थिती रहेको थियो।

IMG 20250727 161146 scaled

कार्यक्रममा पाल्पाली समाज युएई उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सीता बस्याल ज्यूले स्वागत मन्तव्य राखेकी थिइन, भने बाल कलाकार प्रीन्सेस अर्याल ले एकदमै उत्कृष्ट स्वागत नृत्यको प्रस्तुति दिएकी थिइन्। आफ्नो मन्तव्य राख्ने क्रममा जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल ज्यू , एनआरएन एनसीसी यूएई अध्यक्ष विकास शाही ज्यू, नेपाली समाज युएईको अध्यक्ष राम मोक्तान ज्यू र प्रमुख अतिथि कृष्ण प्रसाद चापागाई ज्युले आफ्नो मन्तव्य राखेका थिए। भने औपचारीक कार्यक्रम सभाध्यक्ष कैलाश अर्याल ज्युको भनाई बाट अंत भएको थियो।

IMG 20250727 154427 scaled

औपचारीक कार्यक्रमको अंत पश्चात सांस्कृतिक कार्यक्रम सञ्चालन अमित विश्वकर्मा र सुनिता न्यौपानेले गरेका थिए। सांस्कृतिक कार्यक्रमले एकदमै उत्कृष्ट माहोल बनाएको थियो । कार्यक्रमका आकर्षक स्थानिय कलाकारहरु नरेन सापकोटा, अर्जुन न्यौपाने, बुद्धि सागर नेपाली, निरुता गैरे नृत्याङना र सुरक्षा अधिकारीको बेजोड प्रस्तुति सँगै नेपालबाट आमन्त्रित कलाकारहरु नवीन पौडेल र शुशिला गौतम ले हाम्रो दर्शकलाई छम छम नचाएका थिए। त्यो माहोलले एकछिन् त सबैलाइ भ्रममा पारीदिएको थियो। झन शुद्ध नेपाली पाल्पाली ढाका बाट बनाएको, टोपि, दिदीबहिनीले लगाएको चोलो, दाजुभाईले लगाएको ढाकाको कोट ओहो यो कुनै प्रदेशी भूमिमा नभएर कतै नेपालमा नै तिज कार्यक्रम भएको त होईन साँच्चै नै तिज कार्यक्रम हर्स उलासको साथ भब्यता पुर्वक सम्पन्न भएको थियो।

 

 

 

 

 

 

कमेन्टहरु