मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
महासंघकाे दोस्रो पूर्ण बैठक सम्पन्न, ५ बुँदे घाेषणा पत्र जारी


बाजुरा, साउन १३ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बाजुरा जिल्लाका पर्यटकीय गन्तव्यकाे संरक्षण प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा सहकार्यका साथ अघि बढ्ने जनाएको छ। वीरे खोला झरना नजिकैकाे घागर पर्यटकीय स्थलमा बसेको महासंघकाे दोस्रो पूर्ण बैठकले बाजुराका पर्यटकीय गन्तव्यकाे प्रचार प्रसारमा स्थानीय तह तथा उद्याेग बाणिज्य संग सहकार्य गरेर अघि बढ्ने बताएको छ ।
महासंघले वीरेखोला घोषणा पत्र जारी समेत गरेकाे सचिव प्रेम राैलेले जानकारी दिएका छन् । उनका अनुसार,दोस्रो पूर्ण बैठकले जिल्लाका पर्यटकीय गन्तव्यकाे पर्यटन प्रबर्द्धनका साथ ५ बुँदे वीरेखोला घोषणा पत्र जारी गरेको बताएका छन् । महासंघ बाजुराले विगत नै जिल्लाका पर्यटकीय गन्तव्यकाे प्रचार प्रसारमा विशेष सहकार्य गर्दै आएकोले यसलाई बढवा दिईदै अघि बढाईएकाे अध्यक्ष पदम बहादुर सिंहले बताए ।
वीरेखोलाकाे क्षेत्रकाे घागरमा दोस्रो पुर्ण बैठक बसाएर स्थानीय तह र उद्योग वाणिज्यसँग सहकार्य गरि जिल्लाका पर्यटकीय गन्तव्यको पर्यटन प्रवर्द्धनमा सहकार्य गरी अघि बढ्ने निर्णय सहित घोषणा पत्र जारी गरिएकाे अध्यक्ष सिंहकाे भनाइ छ।
दोस्रो पुर्ण बैठकमा जारी विरेखाेला घाेषणा पत्रमा जनैपूर्णिमाकाे अवसरमा बाजुराका भू-स्वर्ग बडीमालिका,बुढिनन्दा लगायत नाटेश्वरी जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रकाे यात्रालाई बलियाे बनाउन महासङ्घ बाजुराले बडीमालिका विशेष अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
साथै जिल्लाका मिडियालाई पारदर्शी र मिडिया मैत्री मिडिया बनाउन मिडियाका सञ्चालकहरु विच समन्वय, सहकार्य गरिने, पर्यटकीय स्थल विरेखाेला, घागर क्षेत्रमा संरचना निर्माणकाे लागी बडीमालिका नगरपालिका संग अनुराेध गरिने, मनसुनजन्य विपतबाट सचेत रहन तथा पत्रकारीता पेशालाई थप मर्यादित दिगाे बनाउन जिल्लाका ९ वटै स्थानीय तह संग समन्वय सहकार्य गरिने निर्णय गरिएको सचिव प्रेम बहादुर राैलेले बताएका छन् ।
पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहकाे अध्यक्षतामा सञ्चालन भएको बैठक कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओली अतिथिमा महासंघ उपाध्यक्ष संगीता तिमिल्सेना, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य वसन्त विश्वकर्मा, कानुन व्यवसायी अधिवक्ता तथा नेपालबार एसाेसियसन बाजुराका सचिव हर्क खडायत, प्रेस युनियन बाजुराका उपाध्यक्ष जय बहादुर रावत, प्रेस चाैतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय, बाजुरा क्याम्पसका स्ववियु सभापति लक्ष्मण रोकाया, सचिव बल बहादुर खड्का सहित सहभागिता रहेका थिए ।























