कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, घटना, देश, धर्म–संस्कृति/रीतिथिति, प्रदेश, प्रबास, बागमती प्रदेश, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, लुम्बिनी प्रदेश, शिक्षा, समाचार, समाज, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
गम्वीरा थापा मगरको उपचारको लागि आर्थिक सहयोगको लागि अपिल


बागलुङ, १२ साउन । घरको आर्थिक अवस्था कमजोर भएकोले बागलुङ नगरपालिका १०, भकुण्डे, अर्वाउदी निवासी मिन बहादुर थापा मगरको आमा गम्बीरा थापा मगरको फोक्सोमा समस्याका कारण विगत एक महिना देखि धौलागिरी प्रादेशिक अस्पताल,बागलुङमा उपचार गराइरहनु भएको छ ।
घरको आर्थिक अवस्था नाजुक र कमजोर भएकोले देश विदेशमा रहनु भएका सबै नेपाली दाजुभाईहरुको मनकारी आर्थिक सहयोगीदाताहरुको रकमबाट अस्पतालको शुल्क तिर्नको लागि सहयोग रकम सकंलनबाट उपचार भै रहेको छ । थप उपचारको लागि काठमाडौमा रहेको मनमोहन मेमोरियल अस्पताल महाराजागन्जमा लैजानको लागि उपचारमा सलग्न डाक्टरले रिफर भएकोले काठमाडौमा उपचार गर्न लैजानको लागि आर्थिक समस्या उत्पन्न भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १०, भकुण्डे,बागलुङका वडा अध्यक्ष तिल बहादुर थापा मगरले फोक्सोको थप उपचार गर्नको लागि आर्थिक सहयोग गर्नको लागि देश विदेशका महानुभावहरुलाई एक सिफारिस साथ अनुरोध गर्दै मनकारी महानुभावहरुलाई सार्वजनिक रुपमा अपिल गर्दै सहयोगको लागि अपिल गर्नु भएको छ । बिरामी गम्वीरा थापा मगरको उपचारको लागि सहयोग गर्ने महानुभावहरुले उहाँको बुहारी हेम कुमारी थापाको नाममा नगद जम्मा गर्नको लागि अनुरोध भएको छ । प्रभु बैक लिमिटेड,शाखा कार्यालय बागलुङमा KHEM KUMARI THAPA 0600272684600012 रहेको छ । गाउँमा न्युन आय श्रोतका विचमा कामकाजी गर्ने, दैनिक ज्यालादारीमा काम गर्ने, सहयोगी भावना हुनु भएको गम्वीरा थापा मगर एकल महिलाको रुपमा जिवनयापन गर्दै आउनु भएको छ ।
टाढा टाढा भुगोलबाट टाढा रहनु भएका मनकारी दानवीरहरु याम बहादुर थापा मगरलाई मोबाइल नम्बर ९८४७६५७३०० मा आवश्यक समन्वय गर्न सक्नुहुनेछ । सहयोगदाताहरुको नामावली नाम,थर ठेगाना र सहयोग रकम उल्लेख गरी सामाजिक सञ्जाल, अनलाइन खबरपत्रिका र एकमुष्ठ सकलन गरेर धन्यवाद ज्ञापन प्रदान गर्ने योजना रहेको छ ।
























