इतिहास, खेलकुद, देश, धर्म–संस्कृति/रीतिथिति, निर्वाचन, पर्यटन, प्रदेश, प्रबास
गैर आवासिय नेपाली संघ (NRNA NCC UAE ) ले यही अगस्त २४ तारिक मा हुने महाधिवेशनलाई लक्षित गरी नयाँ सदस्यता अनलाइन फारम खोलिसकेको छ।


कविराज राजवंशी
प्रवास यूएई दुवई / नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएई (गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् यूएई) को २०२५–२७ कार्यकालको लागि पञ्जीकृत सदस्यताको आवेदन फारम खुल्ला गरिएको जानकारी गराउँदै योग्यता पुगेका यूएई बासी नेपाली नागरिकले आवेदन दिई सदस्यता प्राप्त गर्न सकिने साथै आगामी २०२५–२७ कार्यकालका लागि हुने महाधिवेशनमा सहभागी बन्नका लागि अनिवार्य पञ्जीकृत सदस्य भएको हुनुनपर्ने भएकाले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सदस्यता लिनुहुन NRNA NCC UAE ले वाह्वान गरेकोछ।
पञ्जीकृत सदस्यताको आवेदन फारम तल दिइएको लिङ्कमा क्लीक गरी भर्न सकिने छ।
https://nrnanccuae-na.org/registration
योग्यताहरु
१. नेपाली नागरिक हुनुपर्ने छ ।
२. कामदार वा व्यवाय भिसामा थोरैमा दुई वर्ष यूएई बसेको हुनुपर्नेछ । (विद्यार्थी भिसा बाहेक)
३. सदस्यता शुल्क २० दिराम लाग्ने छ ।
४. सदस्यताको शुल्क भुत्तानीका लागि नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, यूएईका कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई शुल्क बुझाई अथवा कार्यलयमा आई भरिएको फर्मको भेरिफाई गराई सदस्यता स्वीकृत लिन सक्नुहुनेछ ।
“फर्म भर्नका लागि सरल होस भनी एनसिसी ले QR code सार्वजानिक गरेका छन। सेवाग्राहिले स्क्यान गरेर डाइरेक्ट आफ्नो बिवरण राखी सदस्यता प्राप्त गर्न सकिनेछ” ।
सदस्यताको लागि आवश्यक कागजातहरू:-
१. पासपोर्ट साइजको फोटो
२. इमिरेट्स आईडी कार्ड
३. दुई वर्ष यूएईमा बिताएको प्रमाणित हुने पुरानो भीजा प्रतिलिपि वा पूरानो इमिरेट्स आईडी कार्ड
४. २० दिराम शुल्क
५. राहदानी प्रतिलिप
फर्म भरिसकेपछि Approval को लागि ईमेलमा प्राप्त मेल स्क्रीन सर्ट गरी यो नंबर 0524555573 मा WhatsApp मा सेन्ड गर्नुहोस्।
























