गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्षमा पन्थी


दोहा , कतार । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकता महाधिवेशनबाट २०२५-२७ कार्यकालको लागि कृष्ण पन्थी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन।
शुक्रबार दोहाको क्राउन प्लाजामा संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, एव परराष्ट्र मन्त्री माननीय डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यमामा सप्पन्न भएको हो।
महाधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. महतले नेपाली दुताबास कतार कुनै पार्टीको नभएर नेपाल सरकारको प्रतिनिधित्व गर्ने संस्था रहेको बताए। उनले आधिकारिक एनआरएनएको कार्यक्रममा सहभागी नभएकोमा नेपाली दूतावास कतारको अनुपस्थितिप्रति दुःख व्यक्त गरेका छन।
उनले दूतावासलाई कुनै पाटिगत आग्रह, पुवाग्रह नराखन आग्रह गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई फुटबाट जोगाएर एकता कायम राख्नुपर्नेमा जोड दिए ।

महाधिवेशनले धनबहादुर वलाएर, शेख हनिफ शहिल खान, धुर्वराज अधिकारी टिकाराम डुम्रेलाई निर्वाचित गरेको छ ।
पन्थीको नेतृत्वमा प्रथम उपाध्यक्षमा रबिन मगर , द्वितीय उपाध्यक्षमा सन्तोष पौडेल र तृतीय उपाध्यक्षमा जहानगीर आलम चयन भएका छन।
यस्तै महिला उपाध्यक्षमा टौमाया गुरुङ , युवा उपाध्यक्षमा मेहर सिंह तमाङ, महासचिवमा विवेक पुलामी मगर र सचिवहरूमा बुद्ध पाण्डे , सुजन गुरुङ अर्जुन सङ्ग्रौला चयन भएका छन।
त्यसै गरी कोषाध्यक्षमा कविन्द्र कडेल सह कोषाध्यक्षमा कान्छा श्रेष्ठ , युवा संयोजकमा केशव राज मल्ल र महिला संयोजकमा कल्पना पुन मगर चयन भएका छन।

त्यस्तै लेखा समितिको संयोजकमा राम प्रसाद गौतम , लेखा समितिको सदस्यहरुमा कमल खत्री , अशोक आले मगर निर्विरोध निर्वाचित भएका हुन।
यी हुन सदस्यहरूमा:
रिता पोखरेल, ईन्दिरा शाह, रामचन्द्र गिरी, अमृत विश्वकर्मा ,गणेश अधिकारी , राजन चापागाईं, तारा टमाटा, डिल्लीराम भट्टराई , मोहम्मद रफिक राईन, दर्शन सुनार, प्रकाश विक, विश्वनाथ भट्टराई , गोरख बहादुर चन्द ठकुरी , मोहम्मद अनवारुक हक, शेष मोमताज, प्रकाश थापा, सुशील कुमार सुब्बा , कृष्ण भण्डारी , पुष्कर बहादुर, साउद लाई चयन गरेका छन।























