समाचार

देवानगंजबाट नेपाल प्रहरीले ६० किलो गाँजा बरामद

देवराजा यादव
२०८२ साउन १० | बिहान ११:०४ बजे

देवराज यादव

सुनसरी। जिल्लाको देवानगंज गाउँपालिका ३ खत्वै टोलबाट चेकजाँचको क्रममा प्रहरीले ६० किलो गाँजा बरामद गरेका छन।

प्रहरीले दिएको जानकारी अनुसार शुक्रवार राति ९ बजेको समयमा लागूऔषध ओसार पसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ३ खत्वै टोलस्थित नहर नजिक चेकजाँचको क्रममा सो गाँजा बरामद गरेको हो ।

देवानगंजबाट कप्तानगंज तर्फ जाँदै गरेको मोटरसाइकल नम्बर नखुलेको मोटर साइकल पछाडी बोकी राखेको २ वटा सेतो बोरा फाली मोटर साइकलसहित मानिस फरार रहेको छन् । उक्त बोरा खोली हेर्दा बोरा भित्र ३ पोका रातो प्लाष्टिकले बेरेको र अर्को बोरामा सेतो प्लाष्टिकमा खुल्ला गरी लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ६० के.जी. किलोग्राम फेला पारेको हो ।

download 1

उक्त गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान साथै फरार मोटरसाइकल र चालकको समेत खोजी गर्ने कार्यतीब्र भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो।

कमेन्टहरु