सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

नवलपुर टुडे
२०८२ साउन १० | बिहान ११:०४ बजे

भद्रपुर (झापा) । झापाको दमक–४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रनाउ खड्काले बताए ।























