समाचार, समाज

नवलपुर टुडेकर्मी रामएकबाल राम कतारमा पुरस्कृत

नवलपुर टुडे
२०८२ साउन ९ | मध्यान्ह ०९:०४ बजे

काठमाडौ । नवलपुर टुडेका प्रबास शाखा कतारका विशेष सम्बादाता रामएकबाल राम पुरस्कृत भएका छन । प्रबासमा रहेर नेपाली तथा नेपाली समुदायलाई विभिन्न क्षेत्रका सुचना तथा जानकारीहरु प्रदान गर्दै समाजसेवाको अभियानमा पत्रकारिताको माध्यमबाट सक्रिय र अमुल्य योगदान पुर्‍याउदै आएको भन्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले पुरस्कृत गरेका हुन।

वहाँलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारद्वारा हरेक कार्यक्रममा प्रदान गरिने उत्कृष्ट पत्रकारिता पुरस्कार अन्तर्गत गैरआवासीय संघ कतारको २०२३-२०२५ कार्यकालको पत्रकारिता पुरस्कार नगद राशी नेपाली रुपैया १५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

पत्रकार रामएकबाल राम लामो समयदेखि कतारमा रहेर पत्रकारिता गर्दै आईरहेका छन ।

कमेन्टहरु