प्रेस चौतारी शिवराज, बिजयनगर, कृष्णनगरको संयुक्त नगर समितिको अध्यक्षमा गिता पौडेल निर्वाचित

नन्द किशोर कुर्मी (लालु)
२०८२ साउन ९ | मध्यान्ह ०७:०४ बजे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित सहज नेपालको भवनमा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपाल शिवराज, बिजयनगर र कृष्णनगर संयुक्त नगर समितिको नेतृत्व चयन भएको छ। गिता पौडेल अध्यक्ष, यशोधा सुनार उपाध्यक्ष, आरती परियार सचिव, लालु चौधरी सह–सचिव, गौतम यादव कोषाध्यक्ष तथा सदस्यमा सबिना अधिकारी, कमला काफ्ले र असिना थारु निर्वाचित हुनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका महासचिव बाबुराम अधिकारीले नयाँ कमिटीलाई बधाई दिँदै संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सचिव सि.बि. गहतराजले संगठन तथा पार्टीसम्बन्धी समाचार लेखेर जनस्तरसम्म पुर्याउन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो।


















