प्रबास, समाचार, समाज

डाक्टर महतको प्रमुख आतिथ्यमा एनसीसी कतारको महाधिवेशन आज हुदै

रामएकवाल राम
२०८२ साउन ९ | मध्यान्ह १२:०४ बजे

दोहा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, एव परराष्ट्र मन्त्री माननीय डा.प्रकाश शरण महत कतार आई पुग्नु भएको छ। गैर अवासिय नेपाली संघ ( एनआरएनए)राष्ट्रिय समन्वय परिषद ( एनसीसी ) कतारले आज ( शुक्रबार ) दोहाको क्राउन प्लाजामा सप्पन्न गर्न लागेको ११ औ राष्ट्रिय एकता महाधिवेशनलाई सम्बोधन गर्न महत कतार आईपुगेको संघका महासचिव रबिन मगरले जानकारी दिनु भयो।

एनआरएनएको केन्द्रीय नेतृत्वमै गुट, फुट र अदालतमा विचाराधीन मुद्दाहरूले कतारमा पनि दुई धारमा विभाजित देखिएको दुई समुहबिच सहमतिको प्रयास असफल तथा एकता सम्भव नभएपछि रमेश भट्टको समूहले ग्लोबल एनआरएनए एनसीसीसँग मिलेर राष्ट्रिय एकताको महाधिवेशन गर्न लागेको हो।

photo 2025 07 25 12 25 37

भट्ट नेतृत्वको कार्यसमितिले मे २३ मा तेस्रो तथा अन्तिम परिषद भेला सम्पन्न गर्न चाहेको थियो तर केन्द्रमा रहेका दुई आइसिसी मध्ये कुन मापदण्डलाई आधार बनाएर सदस्यता खुला गर्ने भन्ने अन्योल कायमै रहेकाले कार्यक्रम स्थगन गरी जुन २७ भित्र सम्पन्न गर्ने निर्णय गरिएको थियो ।जुन २७ सम्म भेला गर्न सहमतिका प्रयास असफल भएपछि एनसीसी कतारले जुन २५ मा एक सूचना जारी गर्दै जुलाई ४ मा भर्चुअलरूपमा अन्तिम परिषद् भेला सप्पन्न गरेको थियो ।

यता रमेश भट्टले नेतृत्व गरेको एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन समितिका संयोजक तोकेको थियो ।

यता ११औं अधिवेशन समिति कतारका संयोजक कार्कीले एमआइएसद्वारा पञ्जीकृत सदस्यता सम्पन्न भइसकेको र आईसीसीले तोकेको समयभित्र नेतृत्व चयन तथा अधिवेशन सम्पन्न गर्ने तिव्र तयारी भईरहेको बताए।

कमेन्टहरु