दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमालीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ जना घाइते

उमेश रोकाया
२०८२ साउन ८ | बिहान १०:०४ बजे

बाजुरा , साउन ८ । बाजुरा जिल्ला हिमाली गाउँपालिका ५ किउडी बाट धुलाचौर आउदै गरेको जिप तुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु र १५ जना घाइते भएका छन ।

जिप नम्बर बागमती ०३००१ ज ०३३८ चालक ३० वर्षीय  गौरेर बुढा रहेकोे छन । मृत्यु हुने हिमाली गाउँपालिका -५ किउडी गाउँकि ७६ वर्षीय बाचा रोकाया र ७५ वर्षीय बिजौरा रोकाया घटना स्थलमा मृत्यु भएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्कीले बताउनुभयो ।

दुई जना गम्भीर घाइते भएका छन । भने १५ जना सामान्य घाइते भएका छन । जिप सवार १९ जना रहेकोे छ, भने प्रहरीलाई खबर गरिएको छ । अहिलेसम्म घटना स्थलमा पुग्नु भएको छन । घाइतेको उद्धारका लागि पहल भैरहेको स्थानीय राज मलालले बताउनुभयो ।

कमेन्टहरु