गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति, समाचार, समाज, साहित्य

मगर लेखक संघले तनहुँको भिमाद पुगे, तर मिशन रिसिङ घिरिङ भएन

याम बहादुर थापा मगर
२०८२ साउन ७ | मध्यान्ह ०८:०४ बजे
याम बहादुर थापा मगर बागलुङ नगरपालिका वडा नंं १० ,भकुण्डे, धौलेचउर,बागलुङ

लेखको आरम्भ

म सधै जसो नियमित कार्यालयको कामकाज गरेर फुर्सदको समय बिताउने मेसोमा थिए । के गरु भनेर यर्थाथमा योजना, डायरी, कार्यक्रम, सोच, बैठक, भेला, चियाकफी गफ खासमा थिएन । घरपरिवारसँग पारीवारीक कुराकानी गर्न बाँकी समेत थियो । म विद्यामन्दिर पुस्तकालय २००३, बागलुङमा पुस्तक साटफेर गर्न जाने,स्वअध्ययनका लागि पुस्तकहरु अध्ययन गर्ने र छोरा हिम्मत थापा मगर र छोरी रुयासा थापा मगरलाई मेहनत साथ अध्ययन गर्नका लागि उत्प्रेरण गर्ने र भन्ने बाहेक औपचारिक कार्यक्रमहरुका लागि समय व्यवस्थापन भएको थिएन । सामाजिक सञ्जालहरुको दैनिक रुपमा बढी प्रयोग भएर होला मलाई साथीहरुको र छिमेकीहरुको मोबाइल नम्बरमा कम फोन आउने गरेको छ । नयाँ नयाँ साथीहरु पनि कम मात्रामा चिनजान र बन्ने भएर होकि चिनजानको साथीहरुसँग उठबस कम मात्रामा भएको महसुस भएको छ । त्यसै समयमा मलाई नेपाल मगर लेखक संघ केन्द्रिय समितिका सचिव रुद्र श्रीस मगरले फोन गरेर लौ याम दाजु मगर संघ गण्डकी प्रदेशको अधिवेशन तनहुँ जिल्लाको भिमादमा तोक्ने काम भयो । तपाईले संयोजन गरेर बागलुङ जिल्लामा समेत मगर लेखक संघको शाखा गठन गर्नको लागि भनेर फोन गर्नुभयो । मैले हुन्छ नी भनेर सहमति जनाउँदै गण्डकी प्रदेशको अधिवेशन भन्दा अगाडी भेला बोलाउने र मगर लेखक संघको गठन गर्ने जवाफ दिएपछि फेरी सम्पर्क गर्ने गरी फोन वार्ता टुगिएको थियो । त्यस पछि केही घण्टा पछि मगर लेखक संघको केन्द्रिय अध्यक्ष डाक्टर विष्णु कुमार सिंजाली मगरलाई फोन गरे । फोनमा कुराकानी हुँदाहुदै मगर लेखक संघको सस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्रको कागजपत्र म्यासेन्जरमा पठाइदिनु भयो । नेपाल मगर लेखक संघ दाङ शाखामा जस्तै प्रथम जिल्ला भेला तथा अधिवेशन भनेर गठन गरी पटक पटक गर्दा झन्झटिलो हुन्छ । एकै पटक क्रियाशिल लेखकहरुको भेला गरेर गठन गर्नको लागि सरसल्लाह दिनु भयो । साथै मगर लेखक संघका सदस्य दिल प्रसाद मगरसँग समेत छोटो वार्तालाप समेत गरेर बागलुङ जिल्लामा मगर लेखक संघको समिति गठनका लागि प्रयास गरेको थिए । भेला तथा अधिवेशन गठन गरेर बैंकमा खाता खोलेर बागलुङ जिल्लाका पालिकाहरुसँग समन्वय गरेर भताभत साहित्य,लेखन,कला सस्कृतिको बारेमा कार्यक्रम गर्ने हो भन्ने बारेमा कुराकानी हुँदा हुदै केन्द्रिय समितिले दाङ शाखालाई स्वीकृती तथा अनुमति दिएको पत्र समेत पठाउनु भयो । मलाई व्यक्तिगत रुपमा मगर लेखक संघ गठन गर्न उत्प्रेरणा मिलेको थियो । मैले बागलुङ जिल्लाबाट मगर लेखक संघमा राख्न मिल्ने साथीहरुको रातो डायरीमा नामावलीहरु टिपोट गर्न थाले । मैले खबर गर्नु पर्ने नामावली झन्डै ४० जना वरीपरिको हुन पुग्यो । मलाई फेरी जिल्ला शाखा ५, ७ जनासम्मको विशुद्ध लेखन कार्यमा लागेका व्यक्तिहरुलाई समेटेर बनाउनको लागि अनुरोध भएको थियो । तर भेलाको मिति २०८२ साल असार ५ गते विहान ७।३० बजे बागलुङ बजारमा जिल्ला शाखा गठन गर्नको लागि निमन्त्रणा गरेकोमा जम्मा ४ जना मात्र सहभागी भए । विशुद्ध लेखन कार्यमा सहभागी मगर लेखकहरुको उपस्थिति भएन । मैेले राजनीतिक नेताहरु, शिक्षकहरु, युवा मगर विद्यार्थीहरु, पत्रकारहरु तथा लेखक महोदयलाई फराकिलो दायरा बनाएर खबर गरेको थिए । हुन्छ वा हुन्न केही खबर आएन । साथै मगर लेखक संघको गठनमा कुनै चासो र चिन्ता नभएर हो कि भन्ने बारेमा समेत केही प्रतिक्रिया समेत प्राप्त भएन । मौन व्रत बसेर मगर लेखक संघ गठन प्रक्रियालाई अबरुद्ध पार्ने काम भयो । तर ममा लेखनी कार्यलाई थप उचाईमा पुरयाई अगाडी बढाउने अभिरुचि गहिरोसँग मनमा रहिरहयो । मगर जातिको सस्कार र सँस्कृति बाहेकका अन्य कविता, नियात्रा, सस्मरण र उच्च शिक्षा हासिल गर्ने प्राज्ञिक शोध,खोज र अनुसन्धानमा समय व्यवस्थापन भएमा लागी रहने सकारात्मक सोच र उच्च भावनाले स्थायी रुपमा बाँस बसिरहेको छ ।

मगर लेखक संघमा आवद्धको सवाल
म मगर संघका विभिन्न भातृसंगठनहरु मध्ये नेपाल मगर विद्यार्थी संघको केन्द्रिय महासचिव पदमा वि.स.२०५९ सालमा निर्वाचित भएपश्चात नेपाल मगर लेखक संघ, नेपाल मगर पत्रकार संघ, नेपाल प्राज्ञीक परिषदमा स्थापनाकाल देखि आवद्ध हुन र सक्रिय हुने चाहना थियो । तर म मोफसलको जिल्ला बागलुङमा अधिकांश समय बस्ने भएकोले प्रत्यक्ष रुपमा संगठित हुन पाइ रहेको थिएन । तर मगर लेखक संघ र मगर पत्रकार संघको सस्थागत समाचारहरुमा जानकारी लिइ रहेको हुन्थे । मैले जानीनजानी लेख रचना, कविता लेख्ने अभिरुचिका साथ क्रियाशिल भइरहेको थिए । पछिल्लो समय अनुसन्धानमुलक शोधखोजमुलक जनरल लेख्ने रुचिमा अभिवृद्धि भएको छ । त्यसभन्दा अगाडी म बागलुङ जिल्लामा प्रगतीशिल लेखक संघको साधारण सदस्य तथा आजिवन सदस्य बन्नका लागि प्रत्यक्ष भेटेर, फोन वार्ता मार्फत,सामाजिक सञ्जाल मार्फत बागलुङका अध्यक्षहरुसँग अनुरोध गरे पनि साधारण सदस्य बन्नका लागि असफल प्रयास गरे । केन्द्रिय समिति तथा गण्डकी प्रदेश समितिका पदाधिकारीहरुसँग कुराकानी गर्दा हजुरले प्रगतीशिल लेखक संघको सदस्यता पाउनुहुन्छ भन्ने जवाफ आउँछ । तर आजको दिनसम्म प्रलेसको सदस्यता पाउनको लागि पटकपटक हुन्छ भन्ने सकारात्मक जवाफ पाउने तर निर्णय कार्यान्वयन नभएको अवस्था भएको तितो अनुभव मसँग छ । तर मगर संघमा जातियताको आधारमा मगर पत्रकार संघ र मगर लेखक संघको सदस्यता पाउने भन्नेमा ढुक्क भएपनि सदस्यता वितरणको अभियान, भेला, सम्मेलन, अधिवेशन, महाधिवेशनको सन्दर्भ मिलिरहेको थिएन । सस्थामा आवद्ध भएपछि लेखन कलामा टेवा पुग्ने शिप,ज्ञान प्राप्त होला । अनि भावी दिनमा सङग्रहका रुपमा कविता सङग्रह, लेख सङग्रह, सस्मरण सङग्रह, चिठी पत्र सङग्रह तथा विविध लेख सङग्रहहरु पुस्तकमा रुपमा प्रकाशित गर्ने किताबहरुको लागि सामाग्रीहरु संकलन होलान भन्ने कनिष्ठ भावनामा सिमित थियो । 

वार्षिक रुपमा नेपाल मगर प्राज्ञिक सङ्गोष्ठी २०७६ कार्यक्रममा सिक्नको लागि भनेर वि.स.२०७६ साल फागुन २३ र २४ गते नेपाल ल क्याम्पसको सभाहल, काठमाडौ नेपालमा भएको कार्यक्रममा कोरोना कहर भएपनि सहभागी मात्र भए । बागलुङ जिल्ला बागलुङ नगरपालिका १० भकुण्डेबाट वर्तमान वडा अध्यक्ष तिल बहादुर थापा मगर र स्वास्थ्य कर्मी उदित कुमार थापा मगर समेत सहभागी हुनुहुन्थ्यो । सहभागी सबैले अध्ययन अनुसन्धान तथा विश्लेषणमा आधारीत कार्यपत्रहरुको प्रस्तुतीकरण, छलफल गरेर मगर अध्ययन नामक जनरल प्रकाशित भएको थियो । कार्यक्रममा सहभागीहरुका लागि समेत सहभागी प्रमाणपत्र वितरण भएको थियो । तर सक्रिय सहभागी नभएकोले प्रमाणपत्र प्राप्त गरिन । त्यसै गरी दोश्रो पटक भएको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौमा वि.स.२०८१ साल मसिर १३ र १४ गते अर्थात २०२४ नोभेम्बर २८ र २९ मा जानीनजानी भएपनि सिक्ने अभिलाषाले सहभागी भए । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य, नेपाल मगर प्राज्ञीक परिषदको आयोजना, प्राविधिक सहयोग नेपाल मगर लेखक संघ, मगर आदिवासी जन एकेडेमी फाउनडेशन र सहकार्य नेपाल मगर संघ केन्द्रिय समितिको सहकार्यमा आयोजना भएको थियो । अथक प्रयास, साथीहरुको सुझाव र जातिय अगाध मायाले दोश्रो पटकको खोजमुलक, शोधमुलक लेख तयार गरेर मगर अध्ययन जनरलमा समेत प्रकाशित भएको छ ।

तनहुँको भिमादमा जाने निधो
म तनहुँ जिल्लाको पर्यटकीय स्थलहरुमा खासै भ्रमण गर्न बन्दीपुर बाहेक अन्य स्थानमा जाने अनुकुल भएको थिएन । ढोरफिर्दी, बन्दीपुर, भिमाद, दमौली, रिसिङ, घिरिङ स्थानहरु तनहुँ जिल्लाका घुम्नु पर्ने स्थानहरु हुन । मलाई मोटरबाटो निर्माण भएपछि पाल्पाको रामपुर हुँदै नवलपुर,नारायणगढ पुग्ने तथा भिमादबाट रिसिङ, घिरिङ गाउँ हुदै नारायणगढ जाने नयाँ मोटरबाटो खुलेपछि भम्रण गर्न मन लागेको थियो । नेपाल मगर लेखक संघ केन्द्रिय समितिका सचिव रुद्र श्रीस मगरले भिमादमा गण्डकी प्रदेशको दोश्रो अधिवेशन हुने निर्णयको जानकारी भएपछि म सहभागी हुने निधो गरे । साथीहरुलाई भिमादको कार्यक्रम पछि रिसिङ, घिरिङमा भ्रमण गर्ने कार्यक्रम तय गर्नका लागि अनुरोध गरे । तर मेरो योजनालाई सार्थकता प्रदान गर्न सहभागी साथीहरु सहमत हुनु भएन । रिसिङ, घिरिङ गाँऊमा घना मगर बस्ती भएको, मगर भाषा बोल्ने स्थान भएको जानकारी ममा थियो । फेरी अर्को पटक सोही स्थानमा नै मगर लेखक संघको कार्यक्रम आयोजना गरेर जाने प्रस्तावहरु साथीहरुबाट आयो । मिसन रिसिङ, घिरिङ जाने मिसनको योजना असफलता भएको थियो । गर्मी अत्यधिक हुने रहेछ भिमाद बजारमा । भिमाद बजार, दमौली बजार, नवलपुर, नारायणगढ तिर बढी मात्रामा रिसिङ,घिरिङ गाऊँबाट मगरहरु बसाइसराई गर्ने गरेको जानकारी सहभागी साथीहरुबाट भयो ।

नेपाल मगर लेखक संघ गण्डकी प्रदेशको पदाधिकारीहरुमा अध्यक्ष खड्क आले मगर, उपाध्यक्ष दिपक सिंजाली मगर, सचिव भोज विवश खण्डलुक मगर, सहसचिव पुनम थापा मगर र कोषाध्यक्ष पुर्ण ठाडा मगर निर्वाििचत भएका थिए । सदस्यहरुमा लेख बहादुर आले मगर ( स्याङजा ), थमनसिंह राना मगर ( तनहुँ ), रुयासा थापा मगर ( बागलुङ ), याम बहादुर थापा मगरर ( नवलपुर) भएका थिए । कार्यक्रमा पुर्व आर्थिक मामिला मन्त्री एवं गण्डकी प्रदेश प्रदेश सभा सदस्य जित प्रकाश आले मगर, केन्द्रिय सचिव रुद्र श्रीस मगर, भिमाद नगरपालिका वडा न. ६का वडा अध्यक्ष श्यामसुन्दर जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष रामकृष्ण राना मगर, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य बेलमाया आले मगर, सेतीकाली साहित्य संगमका अध्यक्ष नारायण कैलाश सिग्देल, गणेश एकेडेमीका प्राचार्य मन बहादुर सारु मगर,, समाजसेवी राजन आले मगर, नरेन्द्र थापा मगर, प्रभात आले मगर, नेपाल मगर लेखक संघ स्याङजाका अध्यक्ष जीबी राना मगर, तनहुँका अध्यक्ष याम लाल थापा मगर, बागलुङ संयोजक याम बहादुर थापा मगर,गण्डकी प्रदेश अध्यक्ष धीरेन्द्र थापा मगर किसानी र सहसचिव दिपक सिंजाली मगरले बोल्नुभएको थियो ।

थप उर्जा र सकारात्मक सोच बोकी फर्कदै
लेखन, सृजनात्मक सोचमा फुसर्दको समय हुना साथ लाग्ने आनीबानीमा निरन्तरता दिनमा मलाई थपल उर्जा मिलेको छ । लेखकीय कार्यमा कम सख्यामा मगर समुदायहरु बौद्धिक वर्गहरु लाग्ने गरेको अवस्था छ । नवलपुर, तनहुँ, पर्वत,स्याङजा, बागलुङ,कास्कीबाट सहभागी साथीहरु प्रतिनिधिहरुका रुपमा सहभागी भएको अवस्था थियो । केही सख्यामा भएपनि सौजन्य स्वरुप पुस्तकहरु प्राप्त भएको थियो । अध्ययन सामाग्रीहरु थप सकलन गर्ने योजना समेत बुन्दै थप लेखन कलालाई बढावा दिने र लेखन कलालाई साथ सहयोग गर्ने लेखक मगर साथीहरुसँग चिनजानले सकारात्मक सोचमा बढावा र टेवा पुगेको छ । सोचे भन्दा बढी मात्रामा लेखक,पत्रकारहरु चिनजान गर्दा सिमित दायरा अझै फराकिलो हुँदै जाने रहेछ । लेखकको अनुभव,अनुभुति र सस्मरणहरुलाई समेत किताबका कुरा, पोष्टकाड लगायतका माध्यमहरुबाट सुचना र प्रविधिको युगमा आदान प्रदान गर्न सकिन्छ । मगर समुदायको धेरै भन्दा धेरै अलिखित, मौखिक, रैथानेकरण, मौलिक सस्कार,कला,रीतिरिवाजहरुलाई थप लेखन गरेर लिपिबद्ध गर्नु पर्ने दायित्व मगर लेखक संघका सदस्यहरुको मुख्य भुमिका रहेको छ । लेखकीय क्षमता उजागर गर्ने, लेखकहरुको अभाव, लेखकहरुको लागि प्रशस्त विषयवस्तु र सामाग्रीहरु हुनु तर लेखकीय उत्पादनशील कार्यबाट अर्थोउत्पादन नहुुनुले लेखकीय सामाग्रीहरु समाजमा लोपोन्मुख अवस्थामा रहेको अवस्था छ । बढदो बसाइ सराइले समेत प्रत्यक्ष प्रभाव पारेको छ । स्वयंसेवी भएर आम्दानीको स्रोतसँग नजोडने होला कला,सस्कृतिको विकास र अभिवृद्धिमा लाग्ने काममा योजना बनाएर लाग्नु पर्ने आवश्यकता रहेको छ । मेरो बुढयौली उमेर बढदै गएपनि केही सकारात्मक सोचको विकास र सृजनात्मक उर्जाको भावना बोकेर कविता, लेख रचना, सस्मरण र अनुसन्धानमुलक जनरल लेख्ने काममा भविष्यमा समेत निरन्तरता दिने सकारात्मक सोच बोकेर भिमादबाट भारी मन बोकेर फर्कने काम भयो । मनको कुनामा नयाँ र नौलो स्थानमा पाइला राख्ने चाहना राख्दै साहित्य, कला, सस्कृतिको सम्मलेन, सम्मीलन, गोष्ठी, सङगोष्ठी,बौद्धिक सम्मेलनहरुमा भाग लिने मनोकाङक्षामा बढावा भएको छ ।

अन्तमा
मगर समुदायको उत्थान र विकासका लागि अलिखित, लोपोन्मुख तथा मौलिक कला,सस्कृतिहरुको बारेमा जानकारी भावी पुस्ताहरुको लागि हस्तान्तरण गर्ने दायित्व वर्तमान पुस्ताको रहेको छ । ढिला नगरी लिपिबद्ध इतिहास र सस्कृतिलाई संरक्षण तथा बचाउ आन्दोलन गर्ने काममा अभियान चलाउने, छलफल गराउने तथा नागरिक तहमा अभियान सञ्चालन गर्ने काममा मगर लेखक संघको चासो र चिन्ता हुनुपर्नेमा अविलम्ब भएको छ । समावेशीकरण, आदिवासी आन्दोलन, जनजाति आन्दोलन र भुमिपुत्रको हिसाबले अझै वैज्ञानिक तरिकाले लिपिबद्ध र दस्तावेजीकरण गर्नमा श्रोत र साधनको उच्चतम तरिकाले लगाउनमा चेतना फैलाउनु पर्ने भएको छ । मगर जातिको आन्दोलनहरुलाई सस्थागत र वैज्ञानिक तरिकाले मजबुत बनाई पर्यटनका हिसाबले जोडेर परिकृष्त गर्न खोजिएको छ । आम मगर समुदायहरुको सोचमा प्रगतीशिलता र उन्नत आन्दोलनको विकास र विस्तारले मात्र नै मगर जातिको उत्थानमा सहयोगको अपेक्षा बढाउन सकिन्छ । भोलि र पर्सि नभनीकन आजबाट नै योजनाबद्ध तरिकाले लागि परेर लोपोन्मुख भाषा,मौलिक सस्कृति, भाषा, कला, रैथानेकरण र कला साहित्यका बारेमा यर्थाथ चित्रण गर्ने पुस्तकहरुको प्रकाशन गर्नु पहिलो दायित्व हुन्छ । 

कमेन्टहरु