मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा थापा

उमेश रोकाया
२०८२ साउन ७ | मध्यान्ह ०३:०४ बजे

बाजुरा, साउन ७ । जिल्ला हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा कुल बहादुर थापा आउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौमा साउन ४ गते यस हिमाली गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाईएका कुल बहादुर थापा बुधबारबाट कार्यालयमा हाजिरी हुनुभएको ।
अधिकृत थापालाई गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीहरुले अबिर सहित दोसल्ला ओढाएर स्वागत गरेका छन । अहिलेसम्म निमित्त भरमा पालिका चलिरहेको थियोे । अब अधिकृत हिमाली गाउँपालिका कार्यालय हाजिर हुनुभएको छ । हामी सिङ्गो पालिका टिम खुसी भएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।


















