कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश
फोनिज गण्डकी प्रदेश समितिको सल्लाहकार समिति गठन


बागलुङ, साउन ७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको बैठकले नयाँ सल्लाहकार समिति नवलपुर टुडे अनलाइनका स्तम्भकार तथा लेखक बागलुङ जिल्ला निवासी याम बहादुर थापा मगरलाई समेत समावेश गरेर सल्लाहाकार समिति गठन गरेको छ । साथै फोनिज गण्डकी प्रदेशले विभागिय समितिहरुको संयोजक गठन गरेको जानकारी फोनिज केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज रुद्र श्रीस मगरले जानकारी दिनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिको पहिलो पुर्ण बैठक तथा प्रदेश भेलाले सल्लाहकार समिति सदस्यहरुमा बरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर (कास्की), हुम बहादुर गुरुङ (कास्की), दिपेन्द्र श्रेष्ठ (पोखरा), राज बहादुर गुरुङ, अधिवक्ता मनोज घर्ती मगर, अधिवत्ता जुना गुरुङ, याम बहादुर थापा मगर ( बागलुङ), कमला राना मगर रहेको आठ सदस्यीय समिति रहेको छ ।
त्यसैगरी फोनिज गण्डकीले अनुशासन समितिको संयोजक मिना थापा मगर, सदस्य रोश्मी गुरुङ ‘ रोशनी ’, मनलाल गुरुङ रहेको तिन सदस्यीय समिति बनाएको छ । त्यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले तालिम तथा प्रशिक्षण विभाग संयोजकमा उपाध्यक्ष धन बहादुर गुरुङ ‘सुमन’, संगठन विभाग प्रमुखको संयोजकमा महासचिव सुरज थापा मगर, आर्थिक विभाग प्रमुखको संयोजकमा कोषाध्यक्ष सुमन थापा मगर, महिला विभाग प्रमुख संयोजक महिला उपाध्यक्ष शिला गुरुङ, मातृ भाषा विभाग प्रमुखको संयोजकमाम सचिव दिल प्रसाद गुरुङ रहनु भएको जानकारी प्राप्त भएको छ ।
पर्वत जिल्लाको पर्यटकीय स्थल बाजुङ गाऊँमा भएको बैठकमा फोनिज संघीय अध्यक्ष लक्की चौधरी, संघीय महासचिव समिर बलामी, संघीय सचिव मिला दराई, गण्डकी प्रदेश इन्चार्ज रुद्र श्रीस मगर, संघीय सदस्यहरु राम कुमारी गुरुङ ‘रत्ना’, र संगिता चेपाङको विशेष उपस्थिति रहेको थियो ।
समावेशी लोकतन्त्रको आधार पुर्ण समावेशी सञ्चार भन्ने मुल नाराका साथ अलिखित, लोपोन्मुख र ओझेलमा परेका समावेशी सवाल र समाचारलाई प्रकाशन प्रशारण गर्ने मुल दायित्व रहेको छ ।























