समाचार

चितवन मेघौलीको मानव बस्ती छिरेको बाघ नियन्त्रणमा लिइयो

नवलपुर टुडे
२०८२ साउन ६ | मध्यान्ह ०७:०४ बजे

चितवन, साउन ६ । मानव बस्ती छिरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिइएको छ ।

भरतपुर महानगरपालिका–२७ स्थित बुद्धनगरबाट नेपाल आर्मी, प्रहरीको सहयोगमा निकुञ्जको प्राविधिक टोलीले आज बाघलाई नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा ल्याइएको बाघको आनिबानिका विषय अध्ययन गरेर खोरमा राख्ने वा नराख्ने निर्णय गरिने छ ।

अहिलेसम्म यस बाघले मानिस तथा पशुमा क्षती पु¥याएको छैन । यद्यपि साउन ४ गते बुद्धनगरको झाडीमा बाघ देखिएपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । खबरपछि प्रहरीले निकुञ्जको टोलीलाई खबर गरेर नियन्त्रणमा लिइएको चितवन प्रहरीका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

 
 

कमेन्टहरु