कर्णाली प्रदेश, दुर्घटना, मुख्य समाचार, समाचार
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

उमेश रोकाया
२०८२ साउन २ | मध्यान्ह ०५:०४ बजे

हुम्ला , साउन २ । सिमकोट गाउँपालिका- १ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका-१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए ।
डीएसपी पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिक दुर्घटना भएको हो ।























