अर्थ, कृषि, देश, धर्म–संस्कृति/रीतिथिति, निर्वाचन, पर्यटन, प्रदेश, प्रबास, प्रहरी/सुरक्षा, बजार/ब्यबसाय, बिश्व, रोजगार, विश्व, साहित्य
किरात याक्थुङ चुम्लुङ यूएईले पहिलो क्षेत्रिय समिति गठन


प्रवास यूएई/ सन् २०२५ जुलाई १२ तारिख शनिबार, किरात याक्थुङ चुम्लुङ यूएईका केन्द्रिय अध्यक्ष श्री कमल लावती ज्यूको प्रमुख आतिथ्यता, नेपाल आदिवासी जनजाती महासंघ यूएईका अध्यक्ष तथा कि.या.चु यूएईका सल्लाहकार श्री बिक्रम पन्धाक मिसाम ज्यूको बिशेष आतिथ्यतामा, यूएईको शारजाह प्रान्तमा क्षेत्रिय समितिका तदर्थ समिति संयोजक श्री खड्ग सिंजाङ्गो लाजेशा ज्यूको अध्यक्षतामा शारजाह शहरको अबुशागारामा आयोजना भएको अधिवेसनले अध्यक्ष सहित ११ जना सदस्यीय समिति सर्वसहमतीमा निर्बिरोध चयन भएको छ।

उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूएई केन्द्रिय समितिको तर्फबाट बरिष्ठ उपाध्यक्ष श्री पोबो थेबे सेमी ज्यू लगायत उपस्थिति अन्य पदाधिकारी ज्यूहरुले समेत शुभकामना मन्तब्य राखेका थिए। नवगठित क्षेत्रिय समिति शारजाह यूएईका अध्यक्ष श्री खड्ग सिंजाङ्गो लाजेशा ज्यूले शारजाह संग-संगै यूएईको सातै वटा प्रान्तमा किरात याक्थुङ चुम्लुङ यूएईको क्षेत्रिय समिति गठन गर्दै यूएईमा रहनुहुने सम्पूर्ण याक्थुङ/लिम्बु हरुलाई एकै ठाउमा समेट्न सधैँ लागी रहेको उनले बताए ।
नवगठित क्षेत्रिय समिति शारजाह यूएईका पदाधिकारी र सदस्य ज्यूहरुको नामावली :
• अध्यक्ष: श्री खड्ग सिंजाङ्गो लाजेशा
• उपाध्यक्षहरू:
१. श्री जगत बहादुर सिंजाङ्गो
२. श्री बिषाम पन्धाक
• महासचिव: श्री झुमा कन्दङ्वाँ
• सचिव: श्री अर्जुन चेम्जोङ
• कोषाध्यक्ष: श्री सुनिता बखिम
• सह कोषाध्यक्ष: श्री अन्जना हेम्ब्या
• सदस्यहरू:
१. श्री चन्द्र आङ्गदेम्बे
२. श्री सुरेन्द्र थेबे श्री कबिता लिम्बू
३. श्री कमला लिम्बू

यस ऐतिहाशिक कार्यलाई सफल पार्न महत्वपुर्ण भूमिका निर्वाह गरेका छन। किरात याक्थुङ चुम्लुङ यूएईका २०२३-२०२५ कार्यसमिति संरक्षक/ सल्लाहकार ज्यूहरु र अध्यक्ष लगायत अन्य पदाधिकारी ज्यूहरु, हामिलाई यो बिषयमा किरात याक्थुङ चुम्लुङ यूएई केन्द्रिय समितिका प्रवक्ता भुमी ईधिङ्गो लिम्बू यम्भामिले जानकारी दिनु भएको छ।























