कपिलवस्तुको विजयनगरमा जग्गा दाता र नगद सहयोग गर्ने व्यक्तिलाई सम्मान
धर्मेन्द्र कुमार कुर्मी
२०८२ साउन १ | बिहान ०६:०४ बजे

विजयनगर । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाता र नगद सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । बुधबार एक कार्यक्रमबीच जग्गा दाता र नगद सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको हाे । ६ नम्बर वडा अन्तर्गत विभिन्न सार्वजनिक भवन निर्माणका लागि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

गाउँपालिकाकाे ६ नम्बर वडा अन्तर्गत सामुदायिक भवन, रेडियोकाे भवन, वडा कार्यालय भवन, १५ शैय्या अस्पताल, गाउँपालिकाकाे सभाहल र विद्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने र नगद सहयोग गर्ने व्यक्तिहरुलाई वडा कार्यालयले सम्मान गरेकाे छ । जग्गा दाता र नगद सहयोगीहरुलाई सम्मान-पत्र र दाेसल्लाले सम्मान गरिएको ६ नम्बरका वडा अध्यक्ष प्रेम बहादुर कलवारले जानकारी दिए । उनले सार्वजनिक भवन निर्माणका लागि १७ जनाले जग्गा दान गरेको र २५ जनाले नगद सहयोग गरेकाे बताए ।
























