पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बिरेखाेला झरनाको प्रचारप्रसार र प्रवर्द्वनका लागि देउडा विशेष कार्यक्रम हुने

उमेश रोकाया
२०८२ असार ३२ | मध्यान्ह ०४:०३ बजे

‎बाजुरा, असार ३२ । बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडी नजिकै रहेकाे बिरेखाेला झरनाको प्रवर्द्वनका लागि बिहीवार देउडा विशेष कार्यक्रम हुने भएकाे छ ।बडीमालिका नगरपालिका–८ र ६ को सिमामा रहेकाे बिरेखाेलाको झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि देउडा विशेष कार्यक्रम हुने भएकाे हाे ।

बिरेखाेला झरनाको प्रचारप्रसारका लागि साउन १ गते अर्थात भाेलि देउडा विशेष कार्यक्रमकाे आयाेजना गरिएकाे बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले बताइन् । उनले बडीमालिका सामाुदायिक विकास समाजकाे आयाेजना, नगरपालिका, सामाजिक विकास कार्यालयकाे सहयाेग तथा वडा नं. ६ र ८ को समन्वयमा देउडा कार्यक्रम हुने जानकारी दिइन् ।

त्यस्तै बिरेखाेला झरनाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय लोक संस्कृतिकाे संरक्षण गर्ने उद्देश्यका साथ देउडीया विष्णा विष्ट र पुने दानीबीच झरनामा देउडा हुने कार्यक्रम जनाएकाे छ ।  पुरुषहरूले दाउरा–सुरुवा, कोट र महिलाहरूले मखमली रातो चोली, कटन धोती र सेतो पटुकीमा सजिएर देउडामा नाचगान प्रस्तुत गर्नेछन्। देउडा भाग लिने सबैलाई मौलिक पहिरनमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।

कमेन्टहरु