अदालत, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जिल्ला अदालत बाजुरामा सयभन्दा बढी मुद्धा फैसला

उमेश रोकाया
२०८२ असार ३२ | मध्यान्ह ०३:०३ बजे

‎बाजुरा , असार ३२ । बाजुरा जिल्ला अदालतमा आर्थिक वर्ष २०८१ / ०८२ मा १ सय ११ नयाँ मुद्धा दर्ता भएका छन् । यो आर्थिक वर्षमा अदातलका विभिन्न प्रकारका १ सय ११ मुद्धा दर्ता भएको जनाएको छ । गत आर्थिक वर्षमा सरेर आएका ६९ मुद्धा र  यो आर्थिक वर्षको एक सय ११ गरी एक सय ८० मुद्धा मध्य १ सय ३३ वटा मुद्धा फैसला भएको जिल्ला न्यायधिश संजीव पोखरेलले बताएका छन् ।

‎अदालतमा दर्ता भएर आएका र गत वर्ष सरेर आएका मुद्धाहरुको यो वर्ष एक सय ३३ मुद्धा फछ्यौट भइसकेको न्यायधिश पोखरेलको भनाई रहेको छ । अदालतमा आउँदो आर्थिक वर्षका लागि ४७ मुद्धा सरेको र सो मुद्धा फछ्यौट हुन बाकी रहेको न्यायधिश पोखरेलले भने । गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएको ६९ मुद्धा रहेका छन् । यो वर्षमा एक सय ११ मुद्धा नयाँ दर्ता भएका छन ।

‎नयाँ दर्ता भएका एक सय ११ मुद्धामा सम्बन्ध विच्छेदका २५ वटा,लागु औषध चरेशको ६ वटा,बहु विवाह तथा बाल विवाह १३ वटा,अंशबण्डा ४,जवरजस्तीकरणी १२ वटा मुद्धा अदालतमा दर्ता भएका छन् ।

‎यस्तै बैकिङ्ग कसुर ४, आपराधिक उपद्र गर्न नहुने ४, अभद्र व्यवहार ७, डाँका चोरी, ३ ज्यान मार्ने उद्योग ५, हातहतियार खरखजना ६ कुटपिट २, क्षतिपुर्ति २ कर्तव्य ज्यान ४, जुवा १, मानाचामल १, सवारी ज्यान ३ जग्गा खिचलो १ र घरेलु हिंसा र रिट १  रहेका छन् ।

यसैगरी जिम्मेवारीबाट सरेर आएका ६९ मध्ये सम्बन्ध विच्छेद ११,लागुऔषध  चरेश  हिरोइन १, बहुविवाह तथा बाल विवाह ७, अंशवण्डा १, जवरजस्तीकरणी ११, बैकिङ्ग कसुर २, आपराधिक उपद्र गर्न नहुने १, नाता कायम १, ज्यान मार्ने उद्योग ७ हात हतियार तथा खर खजना २ रहेका छन् ।

कुटपिट ३, आत्महत्या दुरुत्साहन ३, कर्तव्य ज्यान ३, चेक अनादर ३, माना चामल २, सवारी ज्यान २, गर्भपतन २, लेनदेन १, जातिय भेदभाव तथा छुवाछुत १ र राष्ट्रिय परिचय पत्र १ मुद्धा सरेर आएको जिल्ला अदालत बाजुराको तथ्यांकमा रहेको छ ।

गत वर्ष सरेर आएका र नयाँ दर्ता भएका मुद्धा मध्ये एक ३३ मुद्धामा  सम्बन्ध २४ वटा, लागु औषध तथा हिरोइन ७, बहु विवाह तथा बाल विवाह १६ वटा, अंशबण्डा २, जवरजस्तीकरण १६ बैङ्गक कसुर ३, आपराधिक उपद्र गर्न नहुने ७, अभद्र व्यवहार गर्न  नहुने ६,नाता कायम १, ज्यान मार्ने उद्योग ११, हातहतियार  खरखजना ६ मुद्धा फैसला भएका छन् ।

यस्तै कुटपिट ५,  आत्महत्या दुरुत्साहन ३, कर्तव्य ज्यान २, चेक अनादर ३, माना चामल २, सवारी ज्यान ५, गर्भपतन २, घरेलु हिंसा १, लेनदेन ५, जातिय विभेद तथा छुवाछुत १,राष्ट्रिय परिचय पत्र १, चोरी २, जुवा १ पुनरावेदन १ गरी एक सय ३३ मुद्धा बाजुरा जिल्ला अदालतबाट फैसला भएको बाजुरा जिल्ला अदालतका श्रेस्तेदार शंकर प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

कमेन्टहरु