समाचार

प्रीति पासवानले अनाथ आश्रममा मनाईन आफ्नो जन्म दिन

नवलपुर टुडे
२०८२ असार ३२ | मध्यान्ह ०२:०३ बजे

काठमाडौ, असार ३२ । लोकप्रिय कलाकार प्रीति पासवानले आफ्नो २४ औं जन्मदिन अनाथ आश्रममा मनाएका छन्। उनले आफ्नो परिवारसँगै अमृता अनाथ आश्रम, बाराको सदरमुकाम कलैयामा गएर बालबालिकाहरूसँग समय बिताएकी छन्।

उनले १३ हजार रुपैयाँ, खाद्य सामग्री जस्तै चामल, मिठाई, शैक्षिक सामग्री जस्तै पेन, कापी, सिसाकलम, इरेजर, कटर आदि हस्तान्तरण गरेकी छन्। साथै, आश्रमका बालबालिकालाई बिहानको खाजा र भोजनको व्यवस्था समेत गराइएको थियो।

पासवानले सामाजिक सेवामा सधैं सक्रिय रहने प्रतिबद्धता जनाईन । आफूले जन्मदिनको खर्च कटौती गरी सामाजिक कार्यमा योगदान दिन सक्ने बताए। उनले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने मान्यता राख्ने बताइन्।

यसै अवसरमा, उनले अनाथ बालबालिकासँग नृत्य समेत गरेकी छिन्। उनले भने, जन्मदिनमा फजुल खर्च भन्दा सामाजिक सेवामा लगानी गर्न राम्रो हुन्छ। यसरी उनले परम्परागत फजुल खर्च बिर्सेर समाजसेवामा रुचि देखाउनु राम्रो उदाहरण हो।

कमेन्टहरु