समाचार, समाज

वारुणयन्त्रबाट वीरगन्जमा खानेपानी आपूर्ति

रासस
२०८२ असार ३२ | बिहान ११:०३ बजे

 वीरगन्ज । वीरगन्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठ वारुणयन्त्र बुधबार (असार ३२) वीरगन्ज पठाइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए । खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र २४सै घण्टा परिचालन गरिने उनले जानकारी दिए । उनले  वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए ।

सेनाले आफूसँग भएका सात ट्यांकरबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ ।

वन विभागले यसअघि तीन ट्यांकरमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो ।

कमेन्टहरु