सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती

सुनसरी, असार ३१ । सुनसरी जिल्लाको कोशी गाऊँपालिका- ८ भन्टाबारी तीन कोनेस्थित रहेको नेपाल भारतको सीमामा हुने अपराध नियन्त्रण गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती सुरु गरेका छन् । दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेका हुन्।
नेपाल–भारत खुला सीमानामा गरिने संयुक्त गस्तीले सीमा अपराध नियन्त्रणमा सहयोग पुगेको सीमा क्षेत्रका सुरक्षाकर्मीको भनाई छ। मानव बेचबिखन, अबैध चोरी पैठारी र खुला सीमाना हुने अपराध नियन्त्रणमा संयुक्त गस्ती प्रभावकारी भएको सुरक्षाकर्मीको दाबी छ। जिल्लामा रहेको नेपाल र भारतका खुला सीमानामा संयुुक्त गस्तीले निरन्तरता पाएको भन्टाबारीका सशस्त्र प्रहरी नायव उपरीक्षक केदार जंग थापाले बताए। दशगजा क्षेत्रमा संयुक्त गस्ती भइरहेको छन ।

उनले भने, ‘सीमामा हुने अपराध रोक्न परिचालित संयुक्त गस्ती प्रभावकारी छ।’ उनका अनुसार एसएसबीका विभिन्न युनिटसँग मिलेर प्रहरीले संयुक्त गस्ती गरिरहेका छन्। ‘भारतका सीमा सुरक्षाका लागि खटिएका एसएसबीसँग दशगजामा संयुक्त गस्ती भइरहेको छ,’ डीएसपी थापाले भने, ‘यसले दशगजाको सुरक्षासँगै अपराध नियन्त्रणमा पनि सघाउ पुगेको छ।’
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि पनि नियन्त्रण हामीलाई भारतीय पक्षले मद्दत गरिरहेको उनले जानकारी दिए। उनका अनुसार एसएसबीको बटालियनसँग मिलेर सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेको छ।























