कोल्टी जनप्रकाश माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै, हरियाली अभियान


बाजुरा, असार ३१ । जिल्लाको बुढिनन्दा नगरपालिका – २ कोल्टी जनप्रकाश माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै अभियानमा आँप बिरुवा रोपिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा ६ सय वटा आँप बोटा र ४५ स्थान हजारी १ सेट पाइप विद्यालयलाई नि:शुल्क सहित बोट र सामान ढुवानी विद्यालयसम्म गरिएको हो । आँप बोट लगाउनका लागि खाल्डो खन्ने काम विद्यालयका विद्यार्थीहरु, शिक्षक र ज्यालादारी कामदार परिचालन गरेर आँप बिरुवाको वृक्षारोपण गरिएको छ ।
अषाढ महिनाको २२/२३ गतेको दिनमा आँपका बोट रोपेर कार्यक्रम सम्पन्न गरिएको थियो । आकाशे पानीको भरमा पर्दा अलिकति समस्या पर्ने देखिन्छ । अहिलेको लागि कोल्टी जिउलाको पानी र विद्यालयमा आउने खानेपानी प्रयोग गरेर सिचाई अहिलेको स्थितिमा आँप बोटलाई पानी सिचाइ गरिएका छौँ । पढ्दै कमाउँदै अभियानमा जोडेर विद्यालयलाई सैद्धान्तिक ज्ञानमा मात्र नभएर प्रयोगात्मक ज्ञान दिनुपर्छ भन्ने हिसाबले विद्यालयमा आँप वृक्षारोपण कार्यक्रम लागू गर्नुपर्छ हेतुले लागेका छौं । आँप बोट विधालयको प्राङ्गणमा लगाउन कर्मचारीहरू ठूलो योगदान रहेको जनप्रकाश माध्यमिक विधालय नि. प्रधानाध्यापक जयलाल कार्कीले बताउनुभयो ।
अबको तीन वर्षमा लगाएको बोट संरक्षण गरेर राख्न सकियो भने, आर्थिक रुपमा राम्रो लाभ लिन लिने हिसाबले गरेका छौँ र विद्यालयको पनि वातावरणमा हराबरा हुने भएको छ । आर्थिक आय आर्जन विद्यालयमा पढ्दै कमाउँदै अभियान पनि सफल गर्ने पहिलोपटक यो कार्यक्रम गरिएको छ । यहाँको जलवायु हेरेर कृषि ज्ञान केन्द्रको प्राविधिक अनुरूप आँप रोप्ने कार्यक्रम विधालयमा लगानी गरेर बोट लगाउन थालनी गरिएको छ ।
यसलाई स्थानीय सरकारले सिचाई सुविधा दियो भने आँप का बोटहरू हराबरा गराउन सकिन्छ । अहिले लगाएको बिरुवालाई हुर्काउन सबैको भूमिका रहेको छ । आँप वृक्षारोपण सुरुवातको चरणमा छौं । यसलाई संरक्षण गरेर यी बिरुवालाई हुर्काएर जोगर्ना गर्न तत्काल सिँचाइको अभावले यहाँको समस्या छ । आकाशे पानीको भरमा बोट लगाएका छौं । तत्कालिन रुपमा विद्यालयमा विद्यार्थीलाई लागि प्रयोग गरिने पिउने पानी बिरुवा प्रयोग गर्ने गरेका छौं । दीर्घकालीन रूपमा गर्नका लागि सरकारी तथा गैरसरकारी संस्थाको आवश्यक समेत रहेको छ ।
पानीको अभावले जनप्रकाश माध्यमिक विधालयको प्राङ्गणमा अगाडि लगाएको जैतन बोटको फल जति लगानी छ, त्यति प्रतिफल अहिलेसम्म पाउन सकेको छैन । यसलाई संरक्षण गरेर प्रवर्धन गर्नका लागि हामी लागिपरेका छौं । अहिले सुदूरपश्चिम प्रदेश सरकारले सामुदायिक विद्यालय मध्ये जनप्रकाश माध्यमिक विद्यालयलाई नमुना विद्यालय छनोट गरेको छ । साँच्चै विद्यालयलाई नमुना बनाउनका लागि शैक्षिक गुणस्तर र हरियाली सुन्दर बनाउनका लागि हामी सिंगो विद्यालय परिवार लागिपरेको प्रधानाध्यापक कार्कीले बताउनुभयो ।
विद्यालय स्थापना २०३४ सालको श्रमदान गरेर विधालय बनाउने परिपाटी थियोे , त्यस्तै अहिलेको समुदायलाई पालना गर्न सिको गर्ने छन । आगामी दिनमा नमुना जनप्रकाश मावि स्थापित गर्नका लागि सरोकारवाला पक्ष सहयोगको अपेक्षा समेत राखेका छन । आफुले विधालय निमित्त प्रधानाध्यापक पदको जिम्मेवारी पाएको ३/४ महिना हुन लागेको छ । जिम्मेवारी भएको दिनदेखि विद्यालयका लागि भौतिक, शैक्षिक, आर्थिक र प्रशासन रूपमा व्यवस्थापकीय हिसाबले के गर्न सकिन्छ । गुरु योजना समेत बनाएको छ । एक/दुई वर्ष भित्र यसको नतिजाको प्रतिफल निकाल्ने तरिकाले र विधालयलाई हिजो भन्दा फरक रूपमा बदल्ने शैक्षिक र भौतिक रूपमा सम्पन्न बनाउने प्रतिबद्धता प्रधानाध्यापक कार्कीले गर्नुभएको छ ।
शिक्षक लोग राज रेग्मीका अनुसार, “विगत १३ वर्षदेखि यही विधालय शिक्षक पेशा लागिरहेको छु । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यालय लगाएको आँप बोट उत्पादनबाट हुने आर्थिक लाभ र वाहिरी वातावरण हरियाली हुने भएको छ ।” कृषि ज्ञान केन्द्र बाजुराले नि:शुल्क आँप बोट रोप्ने कामका लागि विद्यार्थी , शिक्षक कर्मचारीहरु र ज्यालादारी कामदार सहितको हातेमालो गरेर खाल्डो खनाएर बोट लगाएका छौं ।
अबको तीन वर्षपछि आँप लाग्ने कुरा भएको छ । बिरुवा रोपेर मात्र हुँदैन यसलाई संरक्षण गर्न सक्नु पर्छ । पर्याप्त रूपमा व्यवस्था गर्न सकेन भने यो समयमा लगाएका बोट हुर्काउन समस्या हुन्छ । विद्यालय पढ्दै कमाउँदै अभियानमा जुन अहिले आँप ६ सय बोट लगाएको छ । यसलाई संरक्षण गर्न हामी शिक्षक र विद्यार्थी खटिएका छन् । स्कुलमा सैद्धान्तिक ज्ञान् मात्र नभई प्रयोगात्मक ज्ञान् पनि प्रदान गरिने भएका छन । किताब ज्ञान् संगै ब्यवहार ज्ञान् पनि हासिल गर्ने भएका शिक्षक लोग राज रेग्मीले बताउनुभयो ।


















