अदालत, अर्थ, इतिहास, कृषि, कोशी प्रदेश, घटना, दुर्घटना, देश, न्यायालय, पर्यटन, प्रदेश, प्रबास, प्रहरी/सुरक्षा, बजार/ब्यबसाय, बाढी/पहिरो, बिश्व, मनोरन्जन, मानवअधिकार, मुख्य समाचार, रोजगार
नेपाली समाज र एनआरएन एनसीसी यूएईको संयुक्त रूपमा श्रमिक सचेतना कार्यक्रम सम्पन्न

प्रबास यूएई/ १३ जुलाई आईतबार संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली श्रमिक सचेतना तथा सुरक्षीत आप्रवासन सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

नेपाली समाज यूएईका पार्षद अध्यक्ष कमल गिरी र उपाध्यक्ष केदार कुँवरले संयुक्त रुपमा कर्यक्रम सञ्चालन गर्नु भएको थियो। नेपाल राजदुतावास आबुधाबीको संरक्षकत्व र एनआरएन एनसीसी यूएई तथा नेपाली समाज युएईको संयुक्त आयोजनामा उक्त “ श्रमिक सचेतना तथा सुरक्षीत आप्रवासन कार्यक्रम” -२ सम्पन्न भएको हो।

कार्यक्रममा श्रमिकहरूले प्रश्न तथा जिज्ञासा रख्दै र सरोकारवाला निकायहरुले प्रत्यक्ष रूपमा जानकारी तथा आवश्यक संवाद दोहोरो रूपमा भएको थियो। कार्यक्रममा यूएईका विभिन्न क्षेत्रमा कार्यरत २ सय भन्दा बढी नेपाली श्रमिक, श्रमिक कल्याणमा सक्रिय संघ संस्था, नेपाली दूतावासका अधिकारी, दुबई प्रहरी र स्थानीय प्रशासनका उच्च अधिकारीहरू सहभागी थिए ।

श्रमिकको प्रश्न तथा गुनासो, दूतावासको जवाफ तथा समाधानमा पहल एनआरएन एनसीसी यूएई अध्यक्ष विकास शाही ज्युले स्वागत मन्तव्य राख्दै नेपाली श्रमिकहरुलाई सधैं नै साथ, सहयोग गरेको र अगामी दिनमा केहि अप्ठ्यारा परिस्थितिमा कोहि पनि नेपाली हुन्छ। भने एनआरएनए हमेशा सह्योग गर्न तत्पर रहेको बताउनु भयो। “सामाजिक सुरक्षा र अन्य श्रम सम्बन्धी मुद्दाहरू” बारे श्रम परामर्शदाता नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेल र श्रम सहचारी पंकज लाव कर्णले श्रम सम्बन्धी, राहदानीसम्बन्धी प्रश्नमा प्रथम सचिव तिलक सुनारले जवाफ दिएका थिए । ‘पासपोर्टको म्याद सकिएको, पासपोर्टको कारण भिसा लगाउन समस्यामा हुने सिधै दुतावास आउनुस्, हामी आफै फाराम भरेर पासपोर्ट बनाउन सहयोग गर्छौ’, दुतावासको राहदानी फाँट हेर्ने सुनारले भने । त्यसैगरि “सामाजिक सञ्जाल र वैदेशिक रोजगारीमा यसको प्रभाव” बारे पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि सदस्य श्री निमेश गिरी ले जानकारी दिनु भयो।

स्थानीय कानून बारे दुबई प्रहरीको अपराध निवारण टोलीबाट लेफ्टिनेन्ट मैथा मोहम्मद, मेजर अहमद अली र यार मोहम्मद कासिमले हिन्दी भाषामा प्रस्तुति दिँदै नेपाली श्रमिकहरूलाई सामाजिक सञ्जाल, ठगी, फेक पुलिस कल, कुरियर स्क्याम जस्ता मुद्दामा सतर्क रहन आग्रह समेत गरे गरे ।

पछिल्ला समयमा नेपाली श्रमिकहरुबाट यूएईमा फ्रीलान्स भिजा तथा गैर विना भिजा कानूनी रूपमा बस्दै आएको र मदिरा जन्य पदार्थ सेवन गरी झैं झगडा जस्ता आपराधिक क्रियाकलाप बढ्दै गएको त्यस बिषयमा दुवई प्रहरी तथा सरकारी निकायले चासो व्यक्त गरेकछ। शव फिर्ता गर्ने क्रममा चुनौतीहरूको बारेमा आरएनएसी बाट दीपेन्द्र सापकोटा र नेपाली समाज सल्लाहकार वेदप्रसाद अर्याल “उद्धार र मृत शरीर फिर्ता गर्ने” बारे आफ्नो क्षेत्रगत अनुभव, राखे त्यसै गरी शारीरिक तन्दुरुस्ती र स्वास्थ्यको बारेमा जगन अधिकारी ज्युले आफ्नो भनाई राख्नुभयो ।

अन्तमा विविध प्रश्न उत्तर तथा अन्तरक्रियाको साथ कार्यक्रम भवयताकासाथ सम्पन्न भएको थियो ।























