मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
दुर्गमका बालबालिकालाई न्यानो कपडा र जुता सहयोग


बाजुरा , असार ३० । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ३ को वडा कार्यालयमा ८० जना बालबालिकाहरुलाई न्यानो जकेट र जुता सहयोग गरिएको छ । बौडी र युना गाउँका विपन्न गरिब , असाय, टुहुरा, दलित, तथा जनजातिका बालबालिकालाई न्यानो कपडा सहयोग पाएका छन ।
वडा अध्यक्ष मंगल बुढाको अनुसार , “धेरै अगाडि देखि पहल गर्दा दुर्गम गाउँका बालबालिका सानोतिनो भएपनि विपन्न वर्गका बालबालिकालाई राहत स्वरुप जुत्ता र जाडो लगाउन मिल्ने जकेटहरु ८० जना बालबालिकालाई सहयोग गरिएको हुँदा सधैं खुशी भएका वडा अध्यक्ष मंगल बुढाले बताउनुभयो ।
रानिसैन घुम्ने अवसरमा खाली हातमा जानू भन्दा दुर्गम गाउँका केहि सानोतिनो सहयोग हुने तरिकाले जकेट र जुता गाउँका विपन्न , गरिब , असहाय र जनजातिका बालबालिका न्यानो कपडा वितरण गरिएको युवा बिनोद बुढाले बताएका छन ।
विशेषगरी दुर्गम हिमाली गाउँपालिका – ३ का वडा बस्ती रहेका विपन्न वर्गका बालबालिका चिसो मौसममा न्यानो बनाउनका लागि सहयोग गरिएको हो । यसको लागि विशेषगरी प्रवेश लिम्बू, उज्वल तामाङ , मनिस मानन्दर र विक्की श्रेष्ठ लगायत टिमलाई धेरै धेरै धन्यवाद दिएको बुढाले बताएका छन ।























