कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, धर्म–संस्कृति/रीतिथिति, प्रदेश, मधेश प्रदेश, मानवअधिकार, लुम्बिनी प्रदेश, शिक्षा, समाज, सुदुरपश्चिम प्रदेश
मगर विद्यार्थी संघको सल्लाहकार समिति गठन

बागलुङ, असार ३० । नेपाल मगर संघको भातृ संगठन नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति काठमाडौले विभिन्न महानुभावहरुलाई समेटेर एक सल्लाहकार समिति गठन गरेको जानकारी केन्द्रिय सदस्य तथा महिला विभाग प्रमुख रुयासा थापा मगरले जानकारी दिनुभएको छ । सम्पुर्ण मगर विद्यार्थी एक होऔ, शैक्षिक जागरण फैलाऔ भन्ने मुल उदघोषकका साथ १२ राष्ट्रिय महाधिवेशन पश्चातको पहिलो पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम काठमाडौमा भएको बैठकले सल्लाहकार समिति गठन गरेको थियो ।
नेपाल मगर विद्यार्थी संघ केन्दिय समितिको सल्लाहकार समितिमा राम बहादुर श्रीस मगर, राम बहादुर थापा मगर, झकेन्द्र घर्ती मगर, भोजविक्रम बुढा मगर, माधव दर्लामी मगर, रेनुका काउचा मगर, दीपा आले मगर, कमल थापा मगर, विष्णु थापा मगर, चित्र पुलामी मगर, गौ बहादुर आले मगर र बम कुमारी बुढा मगर रहनु भएको छ । मगर जातिको उत्थान र श्रीवृद्धि लागेका मगर अगुवाहरुको नामावली समेटेर सल्लाहकार समिति गठन भएको सर्कुलर मार्फत जानकारी समेत गराएको छ ।
त्यसैगरी मगर विद्यार्थी संघको प्रदेश इञ्चार्जहरु समेत तोक्ने निर्णय भएको छ । प्रदेश ईञ्चार्जहरुमा कोशी प्रदेशमा दिपन पुलामी मगर, वाग्मती प्रदेश सुरज प्रताप राना मगर, गण्डकी प्रदेश महेश घर्ती मगर, लुम्विनी प्रदेश राम कुमार बुढा मगर, कर्णाली प्रदेश हेमराज पुन मगर, सुदूरपश्चिम प्रदेश मनोज पुन मगर, विश्वविद्यालय समिति विना थापा मगर र आंगिक क्याम्पस समिति आकाश पुन मगरलाई जिम्मेवारी तोकिएको जानकारी केन्द्रिय सदस्य तथा महिला विभाग प्रमुख रुयासा थापा मगरले बताउनु भयो । बैठकले आगामी कार्ययोजना, प्रशिक्षण तथा सागठनिक प्रतिवेदनका बारेमा निर्णय भएको जानकारी प्राप्त भएको छ ।
नेपाल मगर संघका भातृ सगठनहरुमा नेपाल मगर लेखक संघ, नेपाल मगर पत्रकार संघ, नेपाल मगर युवा संघ, नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर महिला संघ, नेपाल मगर सास्कृति संघ, मगर समन्वय समिति, नेपाल मगर कर्मचारी संघ, नेपाल प्राज्ञीक संघ लगायतका भातृ सगठनहरु मगर समुदायका उत्थान र विकासमा सक्रिय रहेका छन् । मगर विद्यार्थी संघका मनोनित सल्लाहकार समितिमा बरिष्ठ कानुनी, विश्वविद्यालयका उप प्राध्यापक, महिला नेतृ, सस्कृतिविदहरु रहेका छन् ।























