राजनीति

नवलपरासी कांग्रेस राजनीतिमा एक अस्थिर पात्र: राधेश्याम पाठक

नवलपुर टुडे
२०८२ असार ३० | मध्यान्ह ०३:०३ बजे

काठमाडौ । नेपाली कांग्रेसको अनुशासन समितिले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्बारीलाई हराउने (घात अन्तर्घात) गरेको भन्दै देशै भरबाट प्राप्त निवेदन र उजुरी माथि प्रक्रियागत कार्यसम्पादन गरी २ हजार १०० सय बढी उजुरी तथा निवेदन माथि प्रक्रियागत कार्यसम्पादन गरी २३ जना माथि पार्टीबाट निष्कासन, निलम्बन एवं सचेत गराउने गरी कारबाहीको डन्डा चलाएपछि पुरै कांग्रेस भित्र हलचल मच्चिएको छ ।

सोही सन्दर्भमा लुम्बिनी प्रदेशलाई प्रतिनिधित्व गर्ने नवलपरासी पश्चिम निवासी लुम्बिनी प्रदेश कांग्रेसका तत्कालिन महामन्त्री विक्रम खनाललाई गत प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको प्रमाण र उजुरीका आधारमा पार्टीबाट एक वर्ष साधारण सदस्यतासमेत नरहने गरी निष्कासित गरेको छ।

पार्टीबाट निष्कासन भए पश्चात नवलपरासी पश्चिम कांग्रेसमा सबै भन्दा बढी तरङ्ग पैदा भएको देखिन्छ । नवलपरासी कांग्रेसमा खनाल पक्षले पत्रकार सम्मेलनदेखि बिरोध र्‍याली र खबरदारी सभा गर्दै आईरहेका छन ।खनाल निकट केही कार्यकर्ताको रोदन तथा विरोध देखिएको छ । सोही विरोधका क्रममा उनका हिमायती बनी देखिएका एक पात्र हुन राधेश्याम पाठक । पाठक उनै बिक्रम खनालकै निगाहबाट जिल्ला प्रवक्ता बनेका पात्र हुन । उनी जिल्लाका अस्थिरताका परिचित पात्र हुन ।

नवलपरासी कांग्रेसमा कार्यकर्ता माझ परिचित नै रहेका राधेश्याम पाठकको इतिहास र उनको राजनीति यात्रा बुझ्ने हो भने कहिल्यै स्थिर रहेको पाइएन । २०७० को संविधान सभा निर्वाचनमा तत्कालीन संविधान सभामा निर्वाचित क्षेत्र ५ बाट उम्मेदवार रही पार्टीबाट निष्कासित विक्रम खनालकै विरुद्धमा बागी उम्मेदवार बनी चुनाव चिन्ह (काइयो) लिई उम्मेदवार बनेका राधेश्याम पाठक ७२० मतमा सीमित बन्न पुगे । बिक्रम खनालको चर्को आलोचक रहेका पाठक तत्पश्चात २०७४ मा पार्टीबाट निलम्बन फुकुवा भए पश्चात पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलको गुटमा समाहित भैइ जी हजुरीमा पुगेका हुन ।

लामो राजनीतिक यात्राको यात्री ठान्ने निज राधेश्याम पाठकले कुनै राजनीतिक पदीय उपलब्धि पाउन नसकिरहँदा केन्द्रीय सदस्य कंडेलकै निगाहमा पार्टीको १४औं महाधिवेशनमा कंडेल गुटबाटै महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य बनेका थिए । कंडेल गुटबाटै उपसभापति पदमा चुनाव लडी पराजित पाठक पुनः कंडेलकै निगाहमा आम निर्वाचन २०७९ मा प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारका रूपमा प्रस्तावित भएका थिए।

तर, प्राविधिक कारणले समानुपातिक उम्मेदवार बन्न असफल पाठक तत्पश्चात कंडेल ग्रुप छाडी केही समय म कुनै गुटमा छैन भन्दै अन्ततः राजनैतिक बैतर्णी पार हुन खनाल पक्षमा पुच्छर समाउन पुगेगा हुन् । कंडेल पक्षमा रहँदा खनालका बारेमा चर्को विरोध एवं भाषण गर्ने पाठक हाल खनाल पक्षमा रहँदा सोही रवैयामा प्रस्तुत हुने गरेको देखिन्छन् । पार्टीले अनुशासनको कारबाही गरी पार्टीबाट निष्कासित गरेका विक्रम खनालको हिमायती भई चर्को भाषण गर्दै विक्रम खनालको कारबाही विधिसम्बत भएन भन्दै पत्रकार सम्मेलनमा खनालकै निगाहबाट प्राप्त जिल्ला प्रवक्ताका रुपमा पृष्ठपोषण गरिरहेका राधेश्याम पाठक स्वयंले समानुपातिक उम्मेदवार रहँदा विक्रम खनाल विरुद्ध पार्टीमा उजुरीसमेत दिएको तथ्यसमेत हाल आएर बाहिरिएको छ।

photo 2025 07 14 15 51 06 1

यसर्थ आफू अनुकूल रहदा सबै ठिक आफ्नो प्रतिकूल रहँदा सबै बेठिक भन्ने ताक परे तिवारी नत्र गोतामे पगरीधारी पाठक प्रवृत्ति अस्थिर राजनीतिका पर्याय भन्दा उल्लेखित शब्द पनि अन्याय नहुन सक्छ ।

कमेन्टहरु