मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

अस्पतालमा रगत अभाव छट्पटी सिंहलाई कटेलले गरे रगत दान

उमेश रोकाया
२०८२ असार २९ | मध्यान्ह ०३:०३ बजे

‎बाजुरा, असार २९ । कोल्टी आधारभूत अस्पतालमा रगत अभाव छट्पटी रहेकी कोपिला सिंहलाई रगत दान गर्नुभएको छ । स्वामीकार्तिक खापर गाउँपालिका – ३ जुकोट गाउँकि ४० वर्षीय कोपिला सिंहलाई रगत दान गरेर ज्यान बचाउन लागि रगत दान सामुदायिक रेडियो अपिका कार्यालय प्रमुख जित कटेलले गर्नुभएको छ ।

‎कोल्टी आधारभूत अस्पतालमा बेडमा क्यान्सर बिरामीले छट्पटी रहेकि सिंहलाई रगत दान गरेर बचाउन लागेको छन । अहिलेसम्म १० जना समेतलाई रगत दान गरिएको रेडियो अपिका कार्यालय प्रमुख जित कटेलले बताउनुभयो ।

हामी कोल्टी अस्पताल ए पोजेटिभ रगत आवश्यक हुँदा समस्या भएको थियोे । धौधौ गरेर पत्रकार जित जङ्ग कटेलले रगत दान गरेर केही सहयोग हुँदा उनका श्रीमान महेन्द्र बहादुर सिंहले बताउनुभयो ।

क्यान्सर बिरामीले करिब २ वर्षदेखि बिरामी थला परेकी आफ्नी श्रीमती उपचार भैरहेको छ । अझ आर्थिक अवस्था कम्जोर हुँदा सुबिधा सम्पन्न ठाउँमा उपचार गर्न निकै जटिल समस्या भएको श्रीमान बताए ।

कमेन्टहरु