प्रबास, समाचार, समाज

जय माँ जानकी समाज सेवा कतारको नयाँ नेतृत्वमा लालबाबू साह

रामएकवाल राम
२०८२ असार २८ | मध्यान्ह ०२:०३ बजे

दोहा, कतार । जय माँ जानकी सेवा समाज कतारको दोस्रो महाधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ। शुक्रबार सनैयास्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक, शुभकामना आदानप्रदान सहित सम्पन्न अधिवेशनको बन्द सत्रबाट समाजका अध्यक्ष लालबाबु साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष पदमा विनोद पासवान ,नथुनी साह, महासचिवमा रामसिकिल यादव, सचिवमा हंसराम यादव,कोषाध्यक्षमा जयनारायण साह, सहकोषाध्यक्षमा रामउदगार यादव, चयन भएका छन।त्यस्तै वरिष्ठ सल्लाहकार ई. उमेश कुमार यादव,चन्द्रविर यादव सल्लाहकारहरुमा क्रमशः कामेश्वर यादव, रामभरोस यादव, जगदिश कापर सन्तोष दास, महेन्द्र यादव, ब्रहमदेव मण्डल, रामकरण महतो, निर्भय सिंह, खेसारीलाल यादव र रामएकवाल रामलाई चयन गरेका हुन।

photo 2025 07 12 14 36 48

त्यस्तै मिडिया कोर्डिनेटरमा ईन्द्रजित यादव र आशिष् यादवलाई सर्व सहमत चयन गरेका चयन गरेका छन। कार्यकारी सदस्यहरुमा,राजकुमार यादव, अजय साह,श्री प्रसाद राउत , राकेश साह, शितल यादव विनय कुमार कुश्वाहा,सुरज यादव, सरोज यादव,शंकर यादव, भवेश दास रहेका छन।

त्यस्तै कुशे मुखिया लालबाबु मोहम्मद, कुमल राउट, गुगली पासवान,अजय ठाकुर, राकेश महतो,सन्तोष दास, अजय साह,दायाराम साह कलवार, कलवार, रामकुमार महतो,प्रकाश पौडेल, लक्ष्मी साह, जयकुमार यादव, अरुण कुमार ठाकुर, देवनारायण साह हकुवाई र रामनारायण साहलाई रहेका छन।

photo 2025 07 12 14 36 51

अधिवेशनको खुला सत्रमा ई. उमेश कुमार यादवको अध्यक्षता तथा क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सीको प्रबन्धक/निर्देशक तथा समाजसेवी यासमिन नाजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनमा बोल्दै प्रमुख अतिथि नाजले बैदेशिक रोजगारीमा नेपाली महिलाहरुलाई सोचेको जस्तो सहज नभए पनि विभिन्न समस्या र चुनौतीहरुलाई सामना गर्दै मैले सन् २०१३ मा एउटा ट्रेनिङ सेन्टरमा रिसेप्सनिस्ट भएर काम सुरु गरि लेखापाल, असिस्टेन्ट म्यानेजर (सहायक प्रबन्धक) हुँदै अहिले आफ्नै कम्पनी खोलेर नेपाली मजदुरहरूलाई पनि बेलाबेला निशुल्क रूपमा शीपमुलक र वृत्ती विकासका लागि तामिल पनि प्रदान गरिरहेको बताए।

प्रमुख अतिथि नाजले थप्दै भने त्यसैले बेटाबेटीलाई एक सम्मान सोच्नुपर्छ र दहेज जस्ता प्रथालाई पुर्ण रुपम बन्द गर्नु/ गराउनु पर्छ भनी ई. उमेश यादवको नेतृत्वको पुरानो कार्यसमितिलाई धन्यवाद दिदै बन्द सत्रबाट बन्ने नयाँ कार्यसमितिलाई अग्रिम बधाई एव शुभकामना पनि दिएका थिए। चन्द्रबिर यादवले सहजीकरण गरेको कार्यक्रममा सभापति ई. यादवले समाप्न गर्दै संस्थाको निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित भएका तथा कार्यक्रमलाई सफल बनाउनप्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद प्रकट गरेका थिए।

कमेन्टहरु