समाचार

कतार पुगे कुलमान घिसिङ

रामएकवाल राम
२०८२ असार २७ | मध्यान्ह ०२:०३ बजे

दोहा ।  उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कतार आईपुगेको छ।

मध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग आज कतार आईपुगेको हो । दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट , पत्रकार महासंघ कतारका पुर्व अध्यक्ष करिम बक्स मिया तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले उनलाई स्वागत गरेका छन।

गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारको संयुक्त आयोजनामा सनैयाको फुलबारी रेस्टुरेन्टमा  स्थानीय समय बेलुकी ५:३० बजे देखि उज्यालो संवाद कार्यक्रम सुरु हुने एनआरएनएका महासचिव रबिन मगर के जानकारी दिए।

कमेन्टहरु