समाचार

चोरी मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

नवलपुर टुडे
२०८२ असार २७ | बिहान ०९:०३ बजे

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- १४ धर्मबस्ती आफ्नै घर अगाडि पार्किङ गरी राखेको लु५०प१०५९ नम्बरको मोटरसाइकल हराएको भनी खबर प्राप्त पश्चात जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयबाट खोजतलास गर्ने क्रममा प्रहरी चौकी गोबरहियाबाट प्र.स.नि. सन्तोष राउतको कमाण्डमा खोजतलास गर्नेमा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

उक्त टोलीले सरावल गाउँपालिका- ३ गोहिनीस्थित सडक किनारमा फेला पारी जिल्ला प्रहरी कार्यालय परासीमा ल्याई सो मोटरसाइकल बर्दघाट नगरपालिका- १४ बस्ने बर्ष ४७ को पितम्बर कामु मगरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले बताएको छ ।

कमेन्टहरु