नेपाली नियोग कतारका प्रथम सचिव कृशु क्षेत्रीलाई वैचारिक संगठनहरुद्वारा सम्मानसहित बिदाई


दोहा, कतार । नेपाली राजदुतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी(कृशु क्षेत्री) लाई वैचारिक संगठनहरुले एक कार्यक्रम बिच भव्य रुपमा सम्मानसहित बिदाई गरेका छन।
मङ्गलबार बेलुकी मुनताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा कतामा स्थापित विभिन्न ९ वटा वैचारिक संगठनहरुले संयुक्त रुपमा नेपाली दूतावास कतारका प्रथम सचिव क्षेत्रीले आफ्नो कार्यकाल सकेर मातृभूमी फर्कन लागेको अवसरमा सम्मान तथा बिदाई समारोह सप्पन्न गरेको हो।
नेपाली जनसम्पर्क समिती कतारका कार्यवाहक सभापति ठाकुर परियारको सभापतित्व तथा सचिव कृष्ण कुमार सुवेदीकै प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणि कार्की, नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राजेन्द्र देवकोटा, प्रवासी नेपाली सम्पर्क विभाग कतारका सभापति अब्दुल करिम मिया,प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, प्रवासी नेपाली एकता समाज (पानस) कतारका प्रतिनिधि, नेपाली समाज कतारका अध्यक्ष मनिष यादव, नेपाली जनप्रगतिशील मोर्चा कतारका अध्यक्ष रबिन पुन मगर संघीय लिम्बुवान समाजिक मञ्च कतारका अध्यक्ष डम्बर लिवाङ मिसेकले संयुक्त रुपमा दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्रसहित सुवेदीलाई सम्मान तथा बिदाइ गरिएको थियो ।

सम्मान पत्र ग्रहण गर्दै सचिव सुवेदीले बोल्दै, साढे दुई वर्ष कतारको बसाइँमा विभिन्न संघसंस्था नेपाली समाजको एकता र कतारमा रहेका नेपालीहरूको हक हित र समुन्नति तथा कतारको तत्कालीन अवस्थाको बारेमा लगायत अन्य धेरै कुराहरूमा आफ्ना अनुभव सुनाउँनु भयो।
वुधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणि कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राजेन्द्र देवकोटा (राज देवकोटा) सहजीकरण गर्नु भएको थियो ।
सभापति परियार सहित अन्य वैचारिक संगठनका अध्यक्षहरुले सचिव सुवेदीलाई कतार बसाइँको छोटो समयमा नेपाली श्रमिकहरूको लागी अत्यन्तै खटेर काम गरेको प्रशंसा गर्नु भयो । कतारमा रहेका सम्पूर्ण नेपालीहरुको हक अधिकारको निमित्त सदैव लडिरहने व्यक्तिलाई बिदाइ गर्दा अत्यन्तै दुख लागेको बताउँदै उहाँको साथ र माया जीवन भर अविस्मरणीय रहने बताउनु भयो।






















