मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

रुगिन गाउँमा ‘एक घर, एक धारो’

उमेश रोकाया
२०८२ असार २५ | मध्यान्ह १२:०३ बजे

‎बाजुरा , असार २५ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – ५ रुगिन गाउँमा एक घर एक धारो निर्माण गरिएको छ । पुर्खा देखि खोलाको पानी खाने गर्थे । अहिले गाउँमा एक घर एक धारो हुँदा निकै खुशी भएका छन । पहिला घरमा धारो नहुदा खोलामा घण्टौ हिडेर पानी पालो कुरेर पानी भर्नु पर्ने अवस्था थियोे ।

अहिले गाउँमा एक घर एक धारो आइसकेपछि धेरै सुबिधा भएको छ । घरमै धारो भएपछि जतिखेर पानी खाना मनलाग्यो त्यतिखेर पानी भर्न पाएका छौँ । कपडा धुन, नुहाउन र गाइ भैंसीलाई पानी खुवाउन एकदमै सजिलो भएको स्थानीय नरदिप बुढथापाले बताउनुभयो ।

घरको अगाडि धारामा पानी खाना लागेको दुई वर्ष भयो । एक घर एक धारो आएपछि गाउँका सबैलाई पिउने पानीको लागि राहत भएको छ । पहिला एक घर एक धारो नहुदा खोलामा १/२ घण्टा हिडेर पिठ्युँमा बोकेर पानी खानुपर्ने अवस्था थियो । अहिले घरको आगनमा धारा आएको छ । रुगिन गाउँमा १ सय २० घरधुरीहरुले प्रत्येक घरको दैलोमा पानी खाने गरेका स्थानीय नरदिप बुडथापाले बताएका छन ।

घरमा धारा हुँदा जतिखेर पानी आवश्यकता पर्‍यो , त्यतिखेर पानी भरेर खान मिलेको छ । घण्टा हिडेर पानी ल्याउनुपर्ने र पालो कुरेर पानी भर्नुपर्ने अवस्था अहिले अन्त्य भएको छ । घरको आगनमा पिउने पानी हुँदा पहिलेको भन्दा धेरै सुबिधा भएको छ । पिउने मात्र सुबिधा नभई बिजुली बत्ति आएको छ् । घरबाटै गाडी चड्नु साथै घरको कुनाबाट टेलिफोन सहित नेट ईन्टरनेट चलाउन पाएको बुडथापाले बताए ।    

सुदुरपश्चिम प्रदेश सरकार द्वारा निर्माण गरिएको किउडी खानेपानी स्किम – २ रुगिन गाउँमा रहेकोे छ । एक घर एक धारा अभियान सहित धारा बनेको छन । रुगिन गाउँमा १ सय २० घरपरिवारलाई एक घर एक धारा सेवा सुबिधा पाएका छन । अहिले घरघरमा पानी खान लागेको ३/४ वर्ष भयो । गाउँमा कतै खानेपानी नहुदा पिउने पानी ल्याउन खोला जानुपर्ने स्थिति थियो । पहिला बाजेले पानीको कुलो काटेर गाउँ सम्म पानी ल्याएका हुन । त्यसपछि गाविस खानेपानी माग राख्यौं, खानेपानी निर्माण भएको हिमाली गाउँपालिका -५ का वडा अध्यक्ष प्रदिप थापाले बताएका छन ।

गाउँमा सबैभन्दा खानेपानीको मुख्य समस्या रहेकोे थियोे । खोलाको पानी खानुपर्ने अवस्था थियो । एकपटक संस्थाले खानेपानी पाइप सहयोग गरेर त्यहीँबाट आएको पानी खाने गर्थे । अहिले प्रदेश सरकार बजेटले खानेपानी निर्माण भएको छ । निर्माण सामाग्री प्रदेश सरकारले दिने हामीले एक घर एक धारो निर्माण गरेर अहिले सञ्चालनमा आएको छ । गाउँका अधिकासं दाजुभाइ घरको आगनबाट पिउने पानी पाउँदा खुशी भएका छन ।

अहिले घरघरमा पिउने पानी पाएका छन , करेसा बारीमा त्यहीँ पानीको सदुपयोग गरेर सागसब्जी उब्जनी गरेर खाने गरेका छन । रुगिन गाउँको वारीपारी बस्तीमा खानेपानी अभाव रहेकोे छ । अरु बस्तीमा कुनै ठाउँमा पानीको मुहान नभेटेपछि, पिउने पानीको समस्या भएको अध्यक्ष थापाले बताएका छन ।

कमेन्टहरु