इतिहास, कृषि, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बिश्व, मौसम, रोजगार, वातावरण, विचार/ब्लग, विश्व

दुवईमा संम्पन्न नागरिक अभिनन्दन कार्यक्रममा विषेश अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी नर्देशक कुलमान घिसिङलाई समान गरियो।

कबिराज राजबंशी
२०८२ असार २५ | बिहान ०२:०३ बजे

प्रवास यूएई/ ६ जुलाई २०२५ आईतबार संम्पन्न नागरिक अभिनन्दन कार्यक्रममा विषेश अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी नर्देशक कुलमान घिसिङलाई दुवईमा समान गरियो।

IMG 20250706 163607 scaled

नेपाल आदिवासी जनजाति महासंघ यूएई , जातीय संस्थाहरू र लगायत यूएईमा क्रियाशील संघ संस्थाहरुको संयुक्त आयोजनामा युएईको मुटु मानिने दुवई राज्यको वर दुवई भन्ने शहरको SK7 रेस्टुरेन्टमा कुलमान घिसिङ ज्यु लाई नागरिक अभिनन्दन तथा सम्मान सहित सांस्कृतिक प्रस्तुति प्रदर्शन गरी सभ्य र सभ्य रूपमा संम्पन्न भएको छ ।उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा कृष्ण बहादुर चापागाई ज्यु नेपाल महावाणिज्य दूतावास दुवई यूएई बाट हुनु हुन्थ्यो। भने कार्यक्रममा सभापतित्व नेपाल आदिवासी जनजाति महासंघ यूएईको अध्यक्ष बिक्रम लिम्बू ज्यूले ग्रहण गर्नु भएको थियो।

IMG 20250706 WA0106

 

विषेश अतितिको रूपमा नेपाल विद्युत प्राधिकरणको पुर्व कारीकारी निर्देशक “ उज्यालो नेपालका नायक” को रुपमा चिनिने कुलमान घिसिङ ज्यु, बिशिष्ट अतिथिहरुमा नेपाल एनआरएन एनसीसी युएईका अध्यक्ष विकाश शाही ज्यू, माओवादी केन्द्र सदस्य तथा एसिया प्रदेश कोषाध्यक्ष बावुराम विश्वकर्मा ज्यू, नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान ज्यु, नेपाली समाज निबर्तमान अध्यक्ष सि.पी सापकोटा ज्यू, नेपाली प्रवासी मञ्च यूएईका अध्यक्ष बावुराम सापकोटा ज्यु, नेपाल जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल ज्यू, प्रवास नेपाली संपर्क विभाग प्रमुख सुजन थापा ज्यू, प्रवास नेपाली एकता समाज युएईका अध्यक्ष निराजन खत्री ज्यू, हिन्दू जागरण अभियान नेपाल युएई साखा अध्यक्ष भूमिराज कंडेल ज्यू, ब्यबसायी कुमार लम्साल ज्यू, होटल व्यवसाय तथा कञ्चनजंघा रेस्टुरेन्ट सञ्चालक रमेश न्यौपाने ज्यू, द एभरेष्ट रेस्टरेन्ट एन्ड क्याटरिङ का संचालक प्रेमराज ढकाल ज्यू, ग्रिन स्काई ट्राभलका सञ्चकाल पुर्ण ओली ज्यू , बिभिन्न मीडिया कर्मीहरु, बैचारिक संस्था प्रमुखहरू, लगायत अन्य जातीय संस्था प्रमूखज्यू हरूको बिशेस उपस्थिती रहेको थियो । भने सनिल घिसिङ ज्युले कार्यक्रम सञ्चालन गरेका थिए।

IMG 20250706 173514 scaled

 

कार्यक्रमकोमा नेपाली राष्ट्रिय गान “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली “ सँगै युएईको राष्ट्रिय गानमा सबै जना सरीक हुँदै सुरुवात गरेको थियो। भने नेफिन् यूएईमा आबद्ध ११ ओटा जातजातिले संयुक्त रुपमा कुलमान घिसिङ ज्यु लाई नागरिक अभिनन्दन तथा सम्मान कार्यक्रम गरे लगत्तै राजवंशी समाज विकास समिति यूएईले पनि दोसल्ला ओढाई कुलमान घिसिङ ज्यु लाई सम्मान गरे। त्यपछि लगत्तै अन्य क्रियाशिल संस्थाहरू नेपाली समाज युएई, रोल्पाली समाज युएई, नुवाकोट सेवा समाज युएई, प्रवास नेपाली बिभाग यूएई, सुदुरपश्चिमेली नेपाली समाज युएई, लुम्विनी प्रदेश यूएई, प्रवासी नेपाली समाज एकत यूएई , कञ्चनजंघा रेस्टुरेन्ट सञ्चालक रमेश न्यौपाने को तर्फ बाट, नेपाली सम्पर्क विभाग यूएई, ग्रिन स्काई ट्राभल संचालक पूर्ण ओलीको तर्फ बाट, Axis Graphics Bur Dubai को संचालक तेवाँग लामा तामाङ को तर्फ बाट बिशेस नागरिक अभिनन्दन तथा सम्मान कार्यक्रम सम्पन्न भएकोथियो। 

IMG 20250706 155451 scaled

 

उक्त कार्यक्रमलाई विशेष बनाउन जातिय संस्थाहरूबाट सांस्कृतिक झाँकी तथा नत्य प्रदर्शन राखिएको थियो। जसमा किराँत याक्थुङ चुम्लुङ यूएईको झाँकी, नेबा पुँच यूएईको नृत्य, तामाङ समाज युएई द्वारा साँस्कृतिक प्रदर्शनी र पञ्चे बाजा बजाएर बिशेस नेपालीपन झलकाई कार्यक्रमको रौनक बढेको थियो।

IMG 20250706 155506 scaled

स्वागत मन्तव्यमा एनआरएन एनसीसी युएईका अध्यक्ष विकाश शाही ज्यू, नेपाल आदिवासी जनजाति महासंघ आवद्ध जातिय संस्थाहरुको तर्फ बाट नयन धर्ती मगर ज्यू, नेपाली समाज युएई निवर्तमान अध्यक्ष सी.पी सापकोटा ज्यु र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान ज्यूले राख्नु भएको थियो। भने आफ्नो मन्तव्य तथा भनाईको क्रमममा प्रमूख अतिती कृष्ण बहादुर चापागाई ज्यु र बिशेस अतिथि कुलमान घिसिङ ज्युले उज्यालो अभियानको बारेमा तपाईं हामी एकजुट भएर राष्ट्र निर्माण कार्यमा जुट्नु पर्ने, आफूले सच्चा इमान्दारी निष्ठाका साथ काम गर्दा गर्दै पनि कार्यकाल नसकिँदै सरकारले आफूलाई पदबाट हराएर दुष्कर्म गरेको, ग्रिन हाइट्रोजानको बारेमा नेपालमा भएको जलस्रोतको सहि उपयोग र रत्यसबाट हामीले उठाउन सकिने लाभ जस्ता अनेकौं कुरा राख्नु भएको थियो। भने त्यहाँ उपस्थिति दर्शकहरू सँग डाइरेक्ट अन्तरकृया गर्दै आफ्नो भनाई अन्त गर्नु भएको थियो। त्यस पछि सभा अध्यक्ष बिक्रम लिम्बू ज्यूले आफ्नो भनाई राख्दै कर्यक्रम संम्पन्न गर्नु भएको थियो।

 

 

 

 

कमेन्टहरु