मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

धुलाचौर बजारमा अप्टिकल फाइबर नेट जडान

उमेश रोकाया
२०८२ असार २४ | मध्यान्ह ०७:०३ बजे

बाजुरा , असार २४ । जिल्लाको पुर्वी क्षेत्रमा हिमाली गाउँपालिका धुलाचौर बजारमा अप्टिकल फाइबर नेट जडान गरिएको छ । हिमाली गाउँपालिकामा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान गर्न लागिएको हो ।

‎पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा हिमाली गाउँपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि भाइबर नेट जडान गर्न लागिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

अन्य माध्यमभन्दा फाइबर इन्टरनेटबाट धेरै गतिको इन्टरनेट चलाउन सकिन्छ । यसमा धेरै तिव्र गतिमा डाटा ट्रान्सफर हुन्छ, फाइबर नेट जडान गर्न लागिएको हो।

हिमाली गाउँपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिरहेको छौँ ।, यसले विद्यालय, सरकारी कार्यालय र धुलाचौर बजार क्षेत्रका व्यवसायीहरुले सेवा लिने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो । अहिलेको सूचना प्रबिधिको युगमा इन्टरनेट पनि अपरिहार्य जस्तै भएको छ ।

कमेन्टहरु