कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिकमा कागुनो उत्पादन किसानलाई प्रोत्साहन


बाजुरा , असार २४ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत कागुनो उत्पादन गर्ने किसानहरूलाई प्रोत्साहन गरिएको छ । पहिलो पालिकाले स्थानीय रैथाने बाली कागुनो फर्म भर्ने सूचना अनुसार सबै वडा फर्म भरेको अनुसार कागुनो उत्पादन गर्ने किसानलाई गाउँपालिकाबाट प्रोत्साहन स्वरुप एक रोपनी बराबर ७ सय रुपैयाँका दरले वितरण गरिएको छ ।
वडा नम्बर १ र २ नम्बर गरेर ४० जना कागुनो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गरिएको छ । दुई रोपनी देखि माथि कागुनो उत्पादन गर्नेलाई पहिलो प्राथमिकता दिदै आएका छौँ । सबै वडामा कागुनो खेती गर्नेलाई प्रोत्साहन दिने कार्यक्रम रहेकोे छ । बाकी २,३ र ५ नम्बर वडाका कृषकलाई वितरण गर्ने जारी रहेकोे स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा प्रमुख विनोद शाहीले बताउनुभयो ।


















