अपराध, अर्थ

बौदबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

नवलपुर टुडे
२०८२ असार २४ | मध्यान्ह ०३:०३ बजे

काठमाडौँ । काठमाडौँको बौदबाट १ करोड ४४ लाख नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाङ जिएन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता अपीलराज बोहराले जानकारी दिए। 

उनलाई सोमबार काठमाडौँ–६ बौद्ध नयाँ बस्तीस्थित उनकै कोठाबाट प्रहरीले पक्राउ गरेको हो। श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनको कोठा खानतलासी गरेको थियो।

कमेन्टहरु